भोलिलाई बोलाइएको संसद बैठक स्थगित « Khabarhub

भोलिलाई बोलाइएको संसद बैठक स्थगित


२५ माघ २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाको भोलि (बुधबार)लाई बोलाइएको बैठक स्थगित भएको छ । बैठक एक सातापछि बस्ने गरी स्थगित भएको हो ।

संसद सचिवालय विशेष कारणले बैठक स्थगित भएको जनाएको छ ।

आगामी बैठक फागुन २ गते सोमबार दिनको १ बजे बस्ने तय भएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए ।

भोलि दिउसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठकअघि ११ बजेका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक समेत तय भएको थियो ।

एमसीसी टेबुल गर्नको लागि सरकारले भोलि कार्यव्यवस्था परामर्श समितिमा प्रस्ताव लैजाने तयारी गरेको थियो ।
सरकारले एमसीसी अगाडि बढाउन खोजेपनि सभामुख सापकोटाले संसदको अवरोध हट्ने पर्ने र एमसीसीबारे दलहरुबीच सहमति हुनुपर्ने शर्त बनाउँदै आएका थिए ।

माओवादी केन्द्रले एमसीसीबारे केन्द्रीय कमिटीबाट निर्णय लिने भन्दै केन्द्रीय कमिटीको बैठकसम्म समय दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग समय माग गरेको थियो । माओवादी केन्द्रीय कमिटी बैठक माघ २८ गते बस्दैछ ।

प्रधानमन्त्री देउवाले जसरी पनि एमसीसी पास गर्ने रणनीति बनाएपछि सत्ता गठबन्धनमा संकट उत्पन्न भएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलबार  ९ : ०७ बजे

धार्मिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा जुट्दै भोजपुर

भोजपुर– भोजपुर नगरपालिका–९ काफ्ले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र

प्रथम कावासोती गोल्डकप फुटबल आजदेखि हुँदै

नवलपरासी– ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

फिल्मका पछिल्ला १० वर्ष : ब्याजले लम्बिएको हिट लिस्ट

काठमाडौं – नेपाली फिल्मको बजार ४६ करोड ८७ लाखभन्दा बढीको

म्याग्दीको रत्नेचौर–भकुण्डे सडक : कालोपत्र गरिएको सडकमा खाल्डैखाल्डा

म्याग्दी– बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक योजना निर्माण पुरा नहुँदै कालोपत्र