आज २०७८ साल फागुन २४ गते मंगलबारको राशिफल | Khabarhub Khabarhub

आज २०७८ साल फागुन २४ गते मंगलबारको राशिफल


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७८ साल फागुन २४ गते मंगलबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ। तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको फलादेश:

फागुन २४ गते मंगलबार

मेष : दिन सामान्य राम्रो छ। धन लाभ हुनेछ। बौद्धिक क्षेत्रमा मानसम्मान प्राप्त हुनेछ। राजनीति, सामाजिक र धार्मिक क्षेत्र यथावत छ। वैदेशिक क्षेत्रमा गरेको श्रम लगानीले राम्रो प्रतिफल दिनेछ। प्रेममा भने धोका हुनेछ।

वृष : दिन सामान्य छ। बोलीमा ख्याल गर्नुपर्नेछ। धार्मिक, सामाजिक, आर्थिक क्षेत्र यथास्थितीमा छ। शैक्षिक क्षेत्रमा भने धेरै राम्रो छ। परीक्षाको तयारीमा हुनुहुन्छ भने सफलता मिल्नेछ।

मिथुन : दिन सामान्य राम्रो छ। आम्दानी हुनेछ। राजनीति, सामाजिक, धार्मिक क्षेत्र यथास्थितीमा छ। पठनपाठनमा रुची बढ्नेछ। प्रतिस्पर्धी सक्रिय छन्। स्वास्थ्यमा समस्या आउँनेछ। वैदेशिक क्षेत्रमा राम्रा अवसर आउनेछन्।

कर्कट : दिन सामान्य राम्रो छ। आम्दानी बढ्नेछ। दैनिकीमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। धार्मिक क्षेत्रमा मन जानेछ।

सिंह : दिन सामान्य राम्रो छ। आफन्तबाट सहयोग मिल्नेछ। प्रतिस्पर्धी आफै निस्तेज हुनेछन्। पारिवारिक सम्बन्ध सुमधुर बन्दै जानेछ। अरु क्षेत्र यथास्थानमा छन्। वैदेशिक क्षेत्रमा गरेका प्रयासबाट राम्रो नतिजा प्राप्त हुनेछ।

कन्या : दिन धेरै राम्रो छ। सोचेका काम बन्नेछन्। व्यापार व्यवसायबाट लाभ मिल्नेछ। सुनचाँदीको व्यापारमा सफलता मिल्नेछ।

तुला : दिन सामान्य छ। खर्च बढ्नेछ। रिस बढ्नेछ। सिद्धि विनायकको स्मरण गर्नुहोला। शैक्षिक क्षेत्रमा भने अब्बल भइनेछ।

वृश्चिक : दिन त्यत्ति राम्रो छैन। बोलीमा ख्याल गर्नुपर्नेछ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। राजनीति, सामाजिक, वैदेशिक क्षेत्र यथास्थितीमा छ। धार्मिक क्षेत्रमा मन बढ्नेछ।

धनु : दिन सामान्य राम्रो छ। धन आर्जन हुनेछ। आफन्तबाट सहयोग मिल्नेछ। शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ। वैदेशिक क्षेत्रमा भने धेरै राम्रो छ। तपाईको श्रम लगानीले उल्लेखनिय नतिजा दिनेछ।

मकर : दिन निकै राम्रो छ। बोलीमा सरस्वतीको बास छ। काममा सफलता मिल्नेछ। व्यापार व्यवसायबाट राम्रो आम्दानी मिल्नेछ। धार्मिक क्षेत्रमा पितृको सेवा गर्नुहोला।

कुम्भ : दैनिकीबाट सन्तोष मिल्नेछ। मनमा उमङ्ग बढ्नेछ। राजनीति, सामाजिक, व्यवसायिक क्षेत्र सामान्य छन्। वैदेशिक क्षेत्रमा भने उल्लेखनीय नतिजा प्राप्त हुनेछ। पारिवारिक सम्बन्ध सुमधुर रहला।

मिन : दिन सामान्य राम्रो छ। कर्म क्षेत्रमा अब्बल ठहरिनेछ। व्यापार व्यवसायमा उल्लेखनीय नतिजा प्राप्त हुनेछ। आफ्नाबाट अपमानित हुनुपर्नेछ। पारिवारिक सम्बन्धमा उतारचढाव आउनेछ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : १८ बजे

चाडपर्वमा सर्वसाधरणको सुरक्षाका लागि चार हजार बढी प्रहरी परिचालित

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले यस वर्षको दसैँ, तिहारलगायत

ट्रम्प प्रशासनले एच–१ बी भिसाका लागि एक लाख डलर शुल्क उठाउने, भारतद्वारा चासो व्यक्त

नयाँदिल्ली – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुशल कामदार भिसा ९एच–१

पेन्टागनद्वारा मिडियामाथि नयाँ ‘प्रतिबन्ध’को घोषणा

वासिङ्टन – अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको समाचार सम्प्रेषण

चाडपर्वको बहानामा यात्रुबाट बढी भाडा नलिन प्रशासनको निर्देशन

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले चाडपर्वको बहानामा यात्रुबाट बढी

जनस्वराज पार्टी घोषणा

काठमाडौं – न्यायपूर्ण, समृद्ध र आत्मनिर्भर राष्ट्र निर्माणको उद्देश्यसहित इन्जिनियर