परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव फेला  « Khabarhub

परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव फेला 


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र एक महिलाको शव फेला परेको छ । 

नामथर वतन नखुलेकी अन्दाजी ३५/४० वर्ष उमेरीकी महिलाको लास परालले छोपेको अवस्थामा फेला परेको हो ।

जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठको कमान्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई हेर्दा मृतक महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको देखिएको भक्तपुर प्रहरीले जनाएको छ । 

घटनास्थल प्रकृति तथा लास जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : ३६ बजे

जडीबुटी कम्पनीका मासिक ज्यालादारी कर्मचारी आन्दोलित, १० दिनदेखि उत्पादन बन्द 

काठमाडौं– सरकारी स्वामित्वको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीका मासिक ज्यालादारी कर्मचारी

जलवायु र विपद् अध्ययन गर्न गठित समितिको नेतृत्वमा पराजुली

 काठमाडौं – जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशूली विपद्का विषयमा अध्ययन

देशभरका ७ हजार प्रतिनिधिले कसरी चुन्दै छन् कांग्रेसको नयाँ नेतृत्व ? 

काठमाडौं– नेपाली राजनीतिमा पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले यही असोज

बुर्किना फासोमा पहिलो सुन प्रशोधन केन्द्र सञ्चालन, कच्चा सुन निर्यातमा रोक लगाउने राष्ट्रपतिको घोषणा

काठमाडौं– बुर्किना फासोले आफ्नो आर्थिक सार्वभौमसत्ता सुदृढ गर्ने लक्ष्यका साथ

स्वदेश फर्कियो कास्य विजेता नेपाली महिला कबड्डी टोली

काठमाडौं– २० औं एसियाली खेलकुदमा कांस्य पदक विजेता नेपाली महिला