परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव फेला  | Khabarhub Khabarhub

परालले छोपेको अवस्थामा भक्तपुरमा महिलाको शव फेला 


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिका-७ बागरेस्थित तरकारी खेती हुँदै आइरहेको जग्गामा टिनको कच्ची टहराभित्र एक महिलाको शव फेला परेको छ । 

नामथर वतन नखुलेकी अन्दाजी ३५/४० वर्ष उमेरीकी महिलाको लास परालले छोपेको अवस्थामा फेला परेको हो ।

जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट प्रहरी उपरीक्षक (एसपी) शिवकुमार श्रेष्ठको कमान्डमा अनुसन्धान अधिकृतसहितको प्रहरी टोली खटिई गई हेर्दा मृतक महिलाको घाँटी अगाडि भागमा गहिरो चोट, शरीरको अन्य भागमा समेत काटेको चोटहरू र अर्धनग्न अवस्थामा रहेको देखिएको भक्तपुर प्रहरीले जनाएको छ । 

घटनास्थल प्रकृति तथा लास जाँच मुचुल्का गरी पोस्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट भक्तपुर लगिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाए । थप अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ११ : ३६ बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा