२० वर्ष अगाडिको मरणी देवीको त्यो कालो दिन « Khabarhub

 २० वर्ष अगाडिको मरणी देवीको त्यो कालो दिन


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- २० वर्ष अगाडिको कहाली लाग्दो दृश्य सम्झँदा मरणी देवी अहिले पनि झसङ्ग हुन्छिन् । महोत्तरी मट्टीहानीस्थित सिमरदहीका स्थानीयले सामाजिक रूपमा बहिष्कार गरी गाउँबाट नै पलायन हुने स्थिति बनाएको त्यो भयावह दृश्य अहिले मरणी देवीको मानसपटलमा नाचिरहन्छ । उनी गाउँ र समाजबाट बोक्सीको आरोपमा बहिष्कार र यातना भोग्नुको मुख्य कारण एउटै थियो कि मरणी देवीले गाउँका एक जना बच्चालाई पूजाको लागि कपुर लिन पठाइन् र ती बालक फर्किएपछि अचानक बिरामी हुनु ।

बिरामी बच्चालाई झाँक्रीले ‘बाेक्सी’ लागेको बताएपछि बालकका बाबुआमाले मरणी देवीलाई बोक्सीको आरोप लगाए । बच्चाका बाबुआमा मात्र हैनन् गाउँभरीका सबैले मरणी देवीलाई बोक्सीको आरोप लगाए । गाउँका प्रमुख नवल सहनीको नेतृत्वमा बसेको पञ्चायतीले समेत मरणी देवीलाई ‘बोक्सी घोषणा’ गर्‍यो।

३० साउन २०५८  मा भारतबाट आएका एक जना झाँक्रीले गाउँमा सानो पूजा लगाए। गाउँभरिका मानिसलाई प्रसाद खान दिए,  तर खानेबित्तिकै मरणी देवी बेहोस भइन्। बुहारीले उनलाई घर ल्याइन्। दुई बुहारी उनीसँग बस्थे, छोरा र लोग्ने कमाउन बाहिर गएका थिए। उनी घरमा जेठी बुहारीको छेउमा बसेकी थिइन्। साँझपखको कुरा हो, गाउँका प्रमुख नवल सहनी र उनका भाइ सुनील सहनी आएर उनलाई लछारपछार गर्न थाले । 

मरणी देवीलाई लछारपछार गर्दै गर्दा गाउँका मान्छे पनि जम्मा भए ।  सहनी दाजुभाइले मरणी देवीलाइ अन्धाधुन्ध पिट्न थाले । ‘मलाई आँखामा हानेको सम्म थाहा छ, त्यसपछि केही पनि थाहा पाइँन,’  उनले भनिन् । बेहोस भएपछि सहनी दाजुभाइले कुट्न छाडे । उनलाई अनेकथरी बोल्दै लात्तीले हाने, मुक्का प्रहार गरे, भुत्ल्याए, उचाले अनि पछारे । 

मरणी देवीका बुहारीहरूले गाउँकै अस्पतालमा लगे र उपचार गरे । उपचार गरेकाे पाँँच दिनपछि मरणी देवीको हाेस आयो । यतिन्जेलसम्म मरणी देवीलाई हेर्न प्रमुख जिल्ला अधिकारी आए, प्रहरी आए र बोक्सीको आरोपमा चरम यातना दिने सहनी दाजुभाइ पक्राउ परे भने झाँक्री फरार भए ।

मरणी देवी अहिले के गर्छिन् ?

मरणी देवी अहिले बोक्सी प्रथाकै विरुद्ध अभियान चलाउँछिन्  । समाजमा पुन:स्थापित भइसकेकी मरणी देवी केहि समय काठमाडाैँमा रहेका आफ्नो छोरासँग बसेपछि अहिले गाउँमै बसेर बाेक्सी प्रथाविरुद्ध लागेकी छन् । 

‘कानुनले पनि मलाई न्याय दिइयो,’ उनी भन्छिन् । अहिले उत्तराधिकारीको रूपमा मरणी देवीले आफ्ना बुहारीलाई पनि अभियानका लाग्न प्रेरणामात्र हाेइन जिम्मेवारी सुम्पेकी छन् । ‘सामाजिक अन्धविश्वासविरुद्ध डटेर लाग्न र सचेतना प्रवाह गर्न बुहारीलाई पनि अगाडि बढाएको छु,’ उनले भनिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : २२ बजे

बिदुरमा राहत सामग्री देखाएर फोटो खिच्नेको भीड छ, अन्यत्रका बाढीपीडित भोकै छन् : स्वास्थ्यकर्मी भट्टराई

नुवाकोट– गत बुधबार भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको

त्रिशूली–३ ‘बी’को क्याम्प लेदोले पुरिँदा ४३ जना सम्पर्कविहीन, उद्धारमा ढिलाइ नगर्न माग

काठमाडौँ– अपर त्रिशूली–३ ‘बी’ जलविद्युत् आयोजनाको क्याम्प क्षेत्रमा भदौ १०

मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

मुस्ताङ– रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन