२० वर्ष अगाडिको मरणी देवीको त्यो कालो दिन | Khabarhub Khabarhub

 २० वर्ष अगाडिको मरणी देवीको त्यो कालो दिन


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- २० वर्ष अगाडिको कहाली लाग्दो दृश्य सम्झँदा मरणी देवी अहिले पनि झसङ्ग हुन्छिन् । महोत्तरी मट्टीहानीस्थित सिमरदहीका स्थानीयले सामाजिक रूपमा बहिष्कार गरी गाउँबाट नै पलायन हुने स्थिति बनाएको त्यो भयावह दृश्य अहिले मरणी देवीको मानसपटलमा नाचिरहन्छ । उनी गाउँ र समाजबाट बोक्सीको आरोपमा बहिष्कार र यातना भोग्नुको मुख्य कारण एउटै थियो कि मरणी देवीले गाउँका एक जना बच्चालाई पूजाको लागि कपुर लिन पठाइन् र ती बालक फर्किएपछि अचानक बिरामी हुनु ।

बिरामी बच्चालाई झाँक्रीले ‘बाेक्सी’ लागेको बताएपछि बालकका बाबुआमाले मरणी देवीलाई बोक्सीको आरोप लगाए । बच्चाका बाबुआमा मात्र हैनन् गाउँभरीका सबैले मरणी देवीलाई बोक्सीको आरोप लगाए । गाउँका प्रमुख नवल सहनीको नेतृत्वमा बसेको पञ्चायतीले समेत मरणी देवीलाई ‘बोक्सी घोषणा’ गर्‍यो।

३० साउन २०५८  मा भारतबाट आएका एक जना झाँक्रीले गाउँमा सानो पूजा लगाए। गाउँभरिका मानिसलाई प्रसाद खान दिए,  तर खानेबित्तिकै मरणी देवी बेहोस भइन्। बुहारीले उनलाई घर ल्याइन्। दुई बुहारी उनीसँग बस्थे, छोरा र लोग्ने कमाउन बाहिर गएका थिए। उनी घरमा जेठी बुहारीको छेउमा बसेकी थिइन्। साँझपखको कुरा हो, गाउँका प्रमुख नवल सहनी र उनका भाइ सुनील सहनी आएर उनलाई लछारपछार गर्न थाले । 

मरणी देवीलाई लछारपछार गर्दै गर्दा गाउँका मान्छे पनि जम्मा भए ।  सहनी दाजुभाइले मरणी देवीलाइ अन्धाधुन्ध पिट्न थाले । ‘मलाई आँखामा हानेको सम्म थाहा छ, त्यसपछि केही पनि थाहा पाइँन,’  उनले भनिन् । बेहोस भएपछि सहनी दाजुभाइले कुट्न छाडे । उनलाई अनेकथरी बोल्दै लात्तीले हाने, मुक्का प्रहार गरे, भुत्ल्याए, उचाले अनि पछारे । 

मरणी देवीका बुहारीहरूले गाउँकै अस्पतालमा लगे र उपचार गरे । उपचार गरेकाे पाँँच दिनपछि मरणी देवीको हाेस आयो । यतिन्जेलसम्म मरणी देवीलाई हेर्न प्रमुख जिल्ला अधिकारी आए, प्रहरी आए र बोक्सीको आरोपमा चरम यातना दिने सहनी दाजुभाइ पक्राउ परे भने झाँक्री फरार भए ।

मरणी देवी अहिले के गर्छिन् ?

मरणी देवी अहिले बोक्सी प्रथाकै विरुद्ध अभियान चलाउँछिन्  । समाजमा पुन:स्थापित भइसकेकी मरणी देवी केहि समय काठमाडाैँमा रहेका आफ्नो छोरासँग बसेपछि अहिले गाउँमै बसेर बाेक्सी प्रथाविरुद्ध लागेकी छन् । 

‘कानुनले पनि मलाई न्याय दिइयो,’ उनी भन्छिन् । अहिले उत्तराधिकारीको रूपमा मरणी देवीले आफ्ना बुहारीलाई पनि अभियानका लाग्न प्रेरणामात्र हाेइन जिम्मेवारी सुम्पेकी छन् । ‘सामाजिक अन्धविश्वासविरुद्ध डटेर लाग्न र सचेतना प्रवाह गर्न बुहारीलाई पनि अगाडि बढाएको छु,’ उनले भनिन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : २२ बजे

दशैँमा नीतिलाई ‘ज्वाइँ साब’को चटारो

काठमाडौं– नीति शाहको अभिनय रहेको दोस्रो फिल्म ‘ज्वाइँ साब’ फूलपाती

भारतीय उद्योगपति रतन टाटाको निधन

काठमाडौं– भारतका औद्योगिक जगतका चर्चित हस्ती रतन टाटाको निधन भएको

दशैँमा खेल्न ६ करोडको तास भित्रियो

काठमाडौं – दशैँको छुट्टीमा रोजगारी र पठाइका लागि सहरी क्षेत्रमा

नेपाललाई भारतको सहयोग : पुलका स्टिल पार्टपुर्जा हस्तान्तरण

काठमाडौं– भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल) का पार्टपुर्जाको

चाडपर्वमा पनि बलेनन् सडकबत्ती

सिरहा– रातको समय छ । बजार क्षेत्र भए पनि सडकमा