सुमनले छाडे नेपाल पुलिस क्लब « Khabarhub

सुमनले छाडे नेपाल पुलिस क्लब


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- फरवार्ड सुमन लामाले विभागीय टोली नेपाल पुलिस क्लब छाडेका छन् । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्यसमेत रहेका सुमनले सहिद स्मारक ए डिभिजन लिगलगत्तै क्लब छाड्ने निर्णय गरेको र प्रक्रियासमेत पूरा भएको बताए ।

‘क्लबमा पाँच वर्ष बिताएँ । राम्रो भयो । अब भने विभाग बाहिरबाट खेल्ने निर्णय गरे,’ २६ वर्षीय सुमनले भने । ०७३ सालबाट पुलिस जागिरे बनेका सुमनले यसअघि ०७० सालदेखि नै नेपाल पुलिसबाट फुटबल खेल्दै आएका थिए ।

फागुन दोस्रो साता सम्पन्न शीर्ष डिभिजन लिगमा चार गोल गर्दै मैदानमा ९३१ मिनेट (इन्जुरी समयबाहेक) बिताएका सुमन लिग जारी रहँदा विवाह बन्धनमा समेत बाँधिएका थिए । पुलिस छाडेलगत्तै उनलाई मनाङ मर्स्याङ्दी क्लब र न्युरोड टिम एनआरटीलगायत टोलीले मोफसल प्रतियोगिता खेल्न प्रस्ताव गरे पनि केही समय विश्राम लिएर बस्ने सोच बनाएका बताएका छन् ।

दोस्रो संस्करणको फ्रेन्चाइज नेपाल सुपर लिग (एनएसएल) का लागि भने सुमन साविक विजेता काठमाडौं रेजर्समा खरिद भएका छन् । अक्सनमा बिक्री नभएका ए श्रेणीका सुमनलाई काठमाडौँले विस लिष्टमा खरिद गरेको हो । पहिलो संस्करणमा भने सुमनले बुटवल लुम्बिनीको प्रतिनिधित्व गरेका थिए ।

सुमनले राष्ट्रिय टोलीबाट भने २२ क्याप जितेका छन् । सन् २०१६ मा सुमनले बंगबन्धु गोल्डकपमा श्रीलंकाविरुद्ध खेल्दै डेब्यु गरेका थिए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  १२ : ४८ बजे

महेश बाबुको ‘वाराणसी’मा देखियो रुद्रको रहस्यमय रूप, जन्मदिनमै राजामौलीको ठूलो सरप्राइज !

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार महेश बाबुको ५१औँ जन्मदिन यसपटक उनका

अस्पतालको भवन तयार : उपकरण र जनशक्तिको व्यवस्थापनपछि सञ्चालन हुने

लमजुङ– लमजुङको मर्स्याङ्दी गाउँपालिका-७ ङादीमा १० शय्याको नवनिर्मित आधारभूत अस्पताल

बालेनको बदलिँदो शैली : पहिले भेट्नै मानेनन्, अब शक्ति राष्ट्रका राजदूतलाई पालैपालो बोलाउँदै

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह सत्ताको सय दिन पार गरेसँगै आफ्नो

अन्डरडग ‘गौँथली’, छैन रोकिने छनक !

काठमाडौं – ‘कन्टेन्टमा दम’ भएका फिल्मको प्रचार दर्शकले नै गरिदिन्छन्

आङ सान सुकीको रिहाइसम्बन्धी आसियानको आह्वान म्यानमाद्वारा अस्वीकार

याङ्गुन- म्यानमारको सैन्य समर्थित सरकारले नजरबन्दमा रहेकी पूर्वनेतृ आङ सान