जुम्लाका स्याउ किसानले पाए क्षतिपूर्ति « Khabarhub

जुम्लाका स्याउ किसानले पाए क्षतिपूर्ति


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा- जुम्लाका स्याउ किसानले क्षतिपूर्ति पाएका छन् ।

असिना र खडेरीका कारण स्याउ नष्ट भएपछि उनीहरूले क्षतिपूर्ति पाएका हुन् । शेखर इन्स्योरेन्स कम्पनी लिमिटेड जुम्लाले जिल्लाका एक हजार ४ सय २० स्याउ किसानलाई रु दुई करोड ७८ लाख क्षतिपूर्ति उपलब्ध गराएको जनाएको छ ।

कम्पनीका कर्णाली प्रमुख ऋषिराम पाण्डेले भने ,मौसम सूचकाङ्कका आधारमा बीमा गरेका स्याउ किसानलाई क्षतिपूर्ति बापत रकम भुक्तानी गरेका छौं ।” उनका अनुसार जिल्लाका आठ स्थानीय तहका किसानलाई उक्त दाबी भुक्तानी दिएको छ ।

कर्णालीका अन्य जिल्लाका दुई हजार ४८ स्याउ किसानले दाबी भुक्तानी पाएको उनको भनाइ छ । कर्णालीमा यो वर्ष क्षतिपूर्ति बापत रु चार करोड ४७ लाख दाबी भुक्तानी दिएको सो कम्पनीले जनाएको छ ।

मौसममा आधारित स्याउ खेतीको बीमा गरेका जुम्लाका किसानले क्षतिपूर्ति पाउँदा खुसी भएका छन् । एउटा बिरुवाको रु ४२ मा बीमा गरेका किसानलाई क्षतिपूर्ति उपलब्ध गराइएको शिखर बीमा कम्पनी जुम्लाले जनाएको छ। फागुनदेखि चैत १५ गतेसम्म किसानले बीमा गराई सक्नुपर्नेछ । मौसमी स्याउ बीमा गरेमा खडेरी र असिनाले असर पारेपछि क्षतिपूर्ति उपलब्ध दिने गरेको शिखर बीमा कम्पनी जुम्लाले जनाएको छ ।

प्रमुख ऋषिराम पाण्डेका अनुसार कर्णालीमा २०७२ सालदेखि स्याउ बीमा कार्यक्रम सुरु भएको हो । अहिले हुम्लाबाहेक तत्कालीन कर्णालीको जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसान स्याउ बीमाप्रति निकै उत्साहित छन् ।

असिना र खडेरी परेर स्याउ उत्पादनमा ह्रास आएपछि बीमा गराएका किसानले क्षतिपूर्ति पाउने गर्छन् । पाँच बिरुवा हुने किसानले रु एक हजार र २५० बिरुवा हुनेले ५० हजार क्षतिपूर्ति पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : ०१ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था