श्रीलंकामा जारी अभ्यास खेलमा नेपालको दोश्रो जित « Khabarhub

श्रीलंकामा जारी अभ्यास खेलमा नेपालको दोश्रो जित


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलंकामा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा श्रीलंकन नेभी स्पोर्टस् क्लबलाई ८१ रनले पराजित गरेको छ ।

नेपालले दिएको १९७ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभी स्पोर्टस् क्लबले ३० ओभर ५ बलमा सबै विकेट गुमाउनुअघि एक १ सय १५ रन मात्र बनाउन सक्यो ।

नेपालका पवन सर्राफले तीन विकेट लिए । यस्तै, दीपेन्द्रसिंह ऐरीले दुई विकेट लिँदा विक्रम सोब, कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान एक विकेट लिए ।

यसअघि, टस हारेर ब्याटिङ गरेको नेपालले ४३.३ ओभरमा सबै विकेटको क्षतिमा १ सय ९६ रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि दिपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भीम सार्कीले २८, विवेक यादवले २६ र पवनले २२ जोडेका थिए । त्यस्तै, सन्दीपले अविजित १४ रन थपेका थिए ।

३०.४ को स्थितिमा रहेको नेपालको इनिङ दिपेन्द्र र पवनले पाँचौँ विकेटका लागि ७६ रनको साझेदारी गर्दै खेल सुधारेका थिए ।

यसअघि, पहिलो खेलमा नेपाल १ सय ११ रनले विजयी भएको थियो । नेपालले प्रस्तुत गरेको २ सय १५ रनको लक्ष्य पछ्याएको नेभी १ सय ३ रनमा समेटिएको थियो ।

नेपालले मार्च १ तारिखसम्म श्रीलंकामा अभ्यास खेल खेल्नेछ । नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज खेल्न मार्च १४ मा श्रीलंकाबाट सिधै यूएई जाने तालिका छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : १६ बजे

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै

कांग्रेस नेता-कार्यकर्तालाई देउवाको अपिल : गगनहरूले बोलाएको महाधिवेशनमा भाग नलिनू

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सभापति संस्थापन पक्षको महाधिवेशनमा

कर्णाली करिडोरअन्तर्गत हुम्ला खण्ड अवरुद्ध

हुम्ला– लगातारको वर्षापछि आएको बाढी र पहिरोका कारण कर्णाली करिडोरको

गुठी विधेयक चाँडै ल्याइने छ : मन्त्री रावल

काठमाडौं– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा