कांग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु « Khabarhub

कांग्रेस सप्तरीको जिल्ला अधिवेशन सुरु


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राजविराज- नेपाली कांग्रेसको स्थगित सप्तरी जिल्ला अधिवेशन आज सुरु भएको छ । आज बिहानबाट मतदान सुरु भएको नेपाली कांग्रेसले जनाएको छ ।

सप्तरीको राजविराजस्थित पब्लिक माविमा नयाँ नेतृत्वका लागि मतदान सुरु भएको कांग्रेस नेता बद्री महत्मान यादवले जानकारी दिए ।

नयाँ नेतृत्वका लागि सभापति पदमा शत्रुधनप्रसाद यादव र रामदेव साहले उम्मेदवारी दिएका छन्  । यसअघि फागुन २१ गते रुपनी गाउँपालिका–५ स्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा तय गरिएको निर्वाचन स्थलमा एउटै व्यक्तिले पटक पटक मतदाताको सहयोगी बनेको भन्दै विवाद उत्पन्न भएर अधिवेशन स्थगित भएको थियो ।

निर्वाचन अधिकृत डा रुद्र शर्माका अनुसार जिल्ला अधिवेशनका लागि कूल दुई हजार ५३५ मतदाता छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : ३० बजे

भोटेकोशी बाढी : तीन हजारको उद्धार, १५ सय बढी बेपत्ता

नुवाकोट– भोटेकोशी नदीमा आएको बाढीमा अलपत्र अवस्थामा रहेका तीन हजारभन्दा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर– भोजपुरमा यस वर्ष रुद्राक्षको कारोबार सुरु भएको छ ।

एसिसी प्रिमियर कप: नेपालले टस जितेर बहराइनलाई दियो ब्याटिङको निम्तो

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणमा

जुम्लामा १९ सय क्विन्टल चामल मौज्दात

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा एक हजार