एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर « Khabarhub

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एनसेलले अल नेपाल भ्वाइस प्याक अफर ल्याएको छ ।

एनसेलका ग्राहकले अब नेपालका जुनसुकै नेटवर्कमा अझै सस्तो भ्वाइस कल दरमा कल गर्न पाउने भएका छन् ।

एनसेल आजियाटा लिमिटेडले ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको हो । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रति मिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् ।

यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू प्रिपेड ग्राहकका लागि उपलब्ध रहेका छन् । सोमबारदेखि संचालनमा आएको अफरअन्तर्गत ग्राहकले करसहित १४ रुपैयाँदेखि ३८५ रुपैयाँसम्म शुल्क पर्ने विभिन्न १ दिन, ३ दिन, ७ दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याकहरूबाट फाइदा लिन सक्छन् । यी भ्वाइस प्याकहरूमार्फत् ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढि शुल्क लाग्ने कुनै दर बिना भ्वाइस सेवा लिन सक्छन् ।

ग्राहकले १ दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टक टाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् भने ३ दिन समयसीमा रहेको ६५ टक टाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्छन् । त्यसैगरी ९४ रुपैयाँमा ७ दिन समयसीमा रहेको १५० मिनेट टक टाइम खरिद गर्न सकिन्छ । प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ ह्यास डायल गरी आफ्नो आवश्यकताअनुसारको भ्वाइस प्याक छनौट गर्न सक्नेछन् ।

धेरै समयसीमासहितको धेरै मिनेटको टक टाइम चाहिने ग्राहकका लागि १४ दिनको समयसीमा रहेको २२५ मिनेट टक टाइमको भ्वाइस प्याक सुचारु गर्न सकिनेछ । यसका साथै ग्राहकका लागि २८ दिन समयसीमा रहेको दुई वटा अन्य प्याकहरू ल्याइएको छ । जसअन्तर्गत ग्राहकले २६५ रुपैयाँमा ४७५ मिनेट टक टाइम र ३८५ रुपैयाँमा ७५० मिनेट टक टाइम रहेको भ्वाइस प्याक किन्न सक्छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ५ : ३१ बजे

छोराको न्याय माग्दै सिंहदरबार पुगिन् अर्जुनकी आमा, भन्छिन्- घटना घटाउन बाध्य पर्नेलाई कारबाही गरियोस्

काठमाडौं– त्रिपुरेश्वरमा भएको सवारी आगजनीको घटनामा मृत्यु भएका बस चालक

बाढीले बगाएर ल्याएको बालुवा र काठ व्यवस्थापन गर्न मनीष झाको आग्रह

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले बाढीपहिरोका क्रममा

पाँचथरबाट आङ्देम्बेसहित १० जना कांग्रेस महाधिवेशन प्रतिनिधि निर्वाचित

पाँचथर – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बे पाँचथरबाट पार्टीको

दोधारा–चाँदनी झोलुङ्गे पुलको प्राविधिक अध्ययन सुरु

महेन्द्रनगर– कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भत्किएपछि

इन्जिनियरिङ पृष्ठभूमिका १७ सांसदसँग प्रधानमन्त्रीको छलफल

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले इन्जिनियरिङ पृष्ठभूमिका १७ जना सांसदसँग बाढीपछिको अवस्था