थ्रीस्टारलाई हराउँदै सकंटा सेमिफाइनलमा प्रवेश « Khabarhub

थ्रीस्टारलाई हराउँदै सकंटा सेमिफाइनलमा प्रवेश


२४ फाल्गुन २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- काठमाडौंको सकंटा क्लब झापाको बिर्तामोडमा जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज सम्पन्न खेलमा थ्रीस्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै सकंटाले सेमिफाइनल यात्रा तय गरेको हो । आजको खेलको प्लेयर अफ द म्याच सङ्कटाका गोलरक्षक रोहित कार्की घोषित भएका छन् ।

उनले नगद रु नौ हजार ९९९ पाएका छन् । खेलपछि भएको पोस्ट म्याच कन्फरेन्समा थ्रीस्टारका प्रशिक्षक रवीन्द्र शिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए ।

विजयी टोली सकंटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताउँदै सङ्कटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको जानकारी दिए ।

 सकंटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५ औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफमा १–० को अग्रता बनाएको सङ्कटाले दोस्रो हाफमा थप एक गोल गर्‍यो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।

आयोजकले आज अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथि महिलामात्र थिए ।

 

प्रकाशित मिति : २४ फाल्गुन २०७८, मंगलबार  ८ : २५ बजे

एक अर्ब बढीको हुण्डी कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । एक अर्बभन्दा बढी हुण्डी कारोबार गर्ने व्यक्तिलाई प्रहरीले

६६ जिल्लाका ६३० पालिकामा सकियो कांग्रेसको अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले ६६ जिल्लाका ६३० पालिकाहरूमा अधिवेशन सकेको

संसद्ंमा नियमापत्तिको आधार पुष्टि गर्न सांसदलाई सभामुखको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सांसदहरूलाई नियमापत्तिको आधार पुष्टि

जोखिमयुक्त बस्तीका नागरिकको सुरक्षामा विशेष ध्यान दिन स्थानीय तहलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्रीले बालेन्द्र  शाहले जोखिमयुक्त बस्तीका बासिन्दाको सुरक्षामा विशेष

७७ वटै जिल्लामा सेना, प्रहरी र सशस्त्र तयारी अवस्थामा

काठमाडौँ । देशभर जारी वर्षाका कारण सिर्जित सम्भावित जोखिमबाट नागरिकको