नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित  « Khabarhub

नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित 


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

१४ सय मत गणना गर्न बाँकी छँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । तर मतगणना सकिएपछि मात्रै आधिकारिक घोषणा हुनेछ ।

यो समाचार तयार पार्दासम्म बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका घिमिरेले ३ हजार ७ सय २८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाए। अब गणना गर्न बाँकी मतअघि नै घिमिरेको जित सुनिश्चित भएको हो ।

पदाधिकारीमा पनि शुक्रबार बिहानसम्म घिमिरे समूहकै अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनालले ३१७५ मत प्राप्त गरेकी छन्। अर्का उम्मेदवार केदारप्रसाद कोइराला २३४५ पाएका छन्।

कोषाध्यक्षमा भरतबहादुर राउतले ३४७५ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २१८८ मत पाएका छन्।

१९ चैतमा अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा ७४२९ मत खसेको थियो । मतगणना मङ्गलबार बिहानदेखि सुरु भएको थियो।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : २८ बजे

आयोजनाको जलाशयबाट प्रभावित चार झोलुङ्गे पुल पुनर्निर्माण हुने

दमौली– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयबाट

चीन–रुसद्वारा युरेसियामा बाह्य हस्तक्षेपको विरोध

बेइजिङ– चीन र रुसले युरेसिया महादेशमा स्थिरता कमजोर पार्ने बाह्य

बाँकेका चार स्थानीय तहमा लम्पी स्किनविरुद्ध खोप अभियान

राँझा – बाँकेका चार स्थानीय तहमा गाईवस्तुलाई लम्पी स्किन रोगविरुद्ध खोप

युक्रेन युद्धमा सम्झौता नजिक पुगेको ट्रम्पको संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीचको युद्ध अन्त्य

सुर्खेतमा एक विद्यार्थी मृ*त भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको