नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित  « Khabarhub

नेपाल बारको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित 


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल बार एसोसिएसनको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन् ।

१४ सय मत गणना गर्न बाँकी छँदै उनी अध्यक्षमा निर्वाचित भएका हुन् । तर मतगणना सकिएपछि मात्रै आधिकारिक घोषणा हुनेछ ।

यो समाचार तयार पार्दासम्म बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेसागत कानुन व्यवसायी समूहको तर्फबाट अध्यक्षका उम्मेदवार बनेका घिमिरेले ३ हजार ७ सय २८ मत प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी प्रगतिशील तथा पेसागत कानुन व्यवसायी समूहका अध्यक्षका उम्मेदवार विष्णुमणि अधिकारीले १ हजार ९ सय ७७ मत पाए। अब गणना गर्न बाँकी मतअघि नै घिमिरेको जित सुनिश्चित भएको हो ।

पदाधिकारीमा पनि शुक्रबार बिहानसम्म घिमिरे समूहकै अग्रता रहेको छ । महासचिवमा अञ्जिता खनालले ३१७५ मत प्राप्त गरेकी छन्। अर्का उम्मेदवार केदारप्रसाद कोइराला २३४५ पाएका छन्।

कोषाध्यक्षमा भरतबहादुर राउतले ३४७५ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी जगतबहादुर कार्कीले २१८८ मत पाएका छन्।

१९ चैतमा अध्यक्षसहित २५ सदस्यीय कार्यसमितिका लागि भएको निर्वाचनमा ७४२९ मत खसेको थियो । मतगणना मङ्गलबार बिहानदेखि सुरु भएको थियो।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  १० : २८ बजे

पहिरोले घर पुरिँदा एक जनाको मृत्यु

बागलुङ– बिहीबारदेखि परेको अविरल वर्षाका कारण ताराखोलामा एक जनाको पहिरोमा

उर्लियो कालीगण्डकी, मोदीवेणीमा चेतावनी तह नाघ्यो (तस्बिरहरू)

बागलुङ- निरन्तरको भारी वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि नदी

भारी वर्षापछि बैंककका ५० जिल्लामा विपद् घोषणा

बैंकक- थाइल्यान्डको राजधानी बैंककमा लगातार तेस्रो दिन परेको भारी वर्षाका

जीडीआईमार्फत विकासशील मुलुकको विकास सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले सन् २०३० सम्म दिगो विकास लक्ष्य

लागूऔषधसहित पाँच जना पक्राउ

काठमाडौँ– काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका