लागूऔषध र विमानभेदी क्षेप्यास्त्र तस्करी गर्न खोज्ने याकुजाका नाइके पक्राउ « Khabarhub

लागूऔषध र विमानभेदी क्षेप्यास्त्र तस्करी गर्न खोज्ने याकुजाका नाइके पक्राउ


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कुख्यात जापानी आपराधिक गिरोह याकुजाका नाइकेलाई पक्राउ गरेको छ । हेरोइन र मेथाम्फेटामाइन लागूऔषधको तस्करी एवम् श्रीलंका र म्यानमारमा सक्रिय विद्रोहीलाई अमेरिकामा निर्मित विमानभेदी क्षेप्यास्त्र आपूर्ति गर्न लागेको आरोपमा ताकेशी एबिसावालाई अमेरिकाको न्यूयोर्क शहरबाट पक्राउ गरिएको अमेरिकी न्याय मन्त्रालयले जनाएको छ ।

उनसँगै तीन थाई नागरिकलाई पनि पक्राउ गरिएको जनाइएको छ । पक्राउ पर्ने थाई नागरिकमा सोम्पक रुक्रसरानी, सोम्फोब सिंघसिरीसुक्सन जुल्लानन रहेको बताइएको छ । उनीहरूमाथि लागू औषध तथा हतियार तस्करी र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

‘लागूऔषध न्यूयोर्कका सडकमा ल्याउन लागिएको थियो भने हतियारको आपूर्ति अस्थिर मुलुकहरूका लागि थियो ।’ न्यू योर्कको दक्षिणी जिल्लाका अभियोजनकर्ता डामियन विलियम्सले विज्ञप्तिमार्फत जानकारी दिए, ‘यो आपराधिक गिरोहका सदस्यहरूले अब मानिसहरूको जीवन खतरामा पार्न सक्ने छैनन् ।’

उनीहरूमाथि सन् २०१९ यता अमेरिकी लागूऔषध कार्यान्वयन प्रशासन (डीईए) ले थाइल्याण्डमा अनुसन्धान गरिरहेका थिए । उनीहरूले चीनसँग सीमा जोडिएको म्यान्मारका युनाइटेड वा स्टेट आर्मी नामक समूहबाट लागूऔषध खरिद गरी डीईएका जासुसलाई बेच्ने प्रयास गरेको जनाइएको छ ।

एबिसावाले म्यान्मारकै युनाइटेड वा स्टेट आर्मी, करेन नेशनल युनियन र शान स्टेट आर्मीलाई जमिनबाट आकाशमा मार हान्ने सक्ने हतियार बेच्ने योजना बनाएको अमेरिकी टेलिभिजन च्यानल सीएनएनले जनाएको छ ।

उनले श्रीलंकाका लिबरेसन टाइगर्स अफ तालिम एलम (लिट्टे) का लागि पनि हतियार खरिद गर्ने योजनामा रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ३ : ३० बजे

एमाले तटस्थ बस्दा श्रमसंस्कृतिकी रुबीको पक्षमा उभियो कांग्रेस

काठमाडौं- प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनका क्रममा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले श्रम

उपसभामुखको निर्वाचमा तटस्थ बस्यो एमाले

काठमाडौं– प्रतिपक्षी दल नेकपा एमालेले शुक्रबार जारी उपसभामुखको निर्वाचनमा आफूलाई

राष्ट्रपतिको सम्बोधनका लागि राष्ट्रियसभाबाट धन्यवाद ज्ञापन

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई

रास्वपाबारे खुश्बु ओली : धोका पायौँ, अबदेखि विश्वास गर्नै नसकिने उदाहरण बन्यो

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्वु ओलीले राष्ट्रिय

परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच मौरिससमा भेटवार्ता

काठमाडौं- भारतीय विदेश मन्त्री एस. जयशंकर र परराष्ट्र मन्त्री शिशिर