एसियन पेन्ट्स नेपालद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताको घोषणा  | Khabarhub Khabarhub

एसियन पेन्ट्स नेपालद्वारा आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताको घोषणा 


२५ चैत्र २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– एसियन पेन्ट्स नेपालले आर्किटेक्चर स्टुडेन्ट्स डिजाइन प्रतियोगिताका विजेताहरू घोषणा गरेको छ। एसियन पेन्ट्स नेपालले आयोजना गर्दै आएको वार्षिक कार्यक्रम क्यालिडोस्कोपकोे २०२१/२२ संस्करणले  नेपालका आशालाग्दा आर्किटेक्टहरूको प्रतिभालाई प्रवर्द्धन र प्रदर्शन गर्ने कम्पनीको निरन्तर प्रयासलाई अझ सशक्त बनाइएको बताएको छ ।

नेपालका नवोदित आर्किटेक्टहरूलाई आफ्नो ज्ञान प्रयोग गर्न र केही प्रतिष्ठित लाइभ परियोजनाहरू मार्फत आफ्नो प्रतिभा प्रदर्शन गर्न एउटा मञ्च प्रदान गर्दै आएको छ । 

उक्त प्रतियोगिताको ७ औँ संस्करणमा विभिन्न आर्किटेक्चरल कलेजहरू एक्मे इन्जिनियरिङ कलेज, आईओई पुल्चोक क्याम्पस, काठमाडौँ इन्जिनियरिङ कलेज, नेपाल इन्जिनियरिङ कलेज, हिमालय कलेज अफ इन्जिनियरिङ, ख्वपः इन्जिनियरिङ कलेज, आईओई थापाथली क्याम्पस र आईओई पूर्वाञ्चल क्याम्पसबाट २०७३ ब्याचका ३१ जना विद्यार्थीको सहभागिता जनाएका थिए । 

२०२१–२२ को आयोजना गोरखा, पालुङटार नगरपालिकामा रहेको प्रख्यात लिलिगकोट संग्राहलयको डिजाइन गर्ने रहेको थियो र ३० भन्दा बढी सहभागीहरूबाट गत बुधबार शीर्ष ५ विजेताको घोषणा गरेको थियो ।  

प्रतियोगिताको विजेता आई ओर्ईपुल्चोक क्याम्पसकी रोजिता अवाले भएकी छिन् । उनले एसियन पेन्ट्सबाट ७० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।

फर्स्ट रनर अप एक्मे इन्जिनियरिङ कलेजका प्रशान्त देशार भएका छन्। त्यस्तै उनले एसियन पेन्ट्सबाट नगद ४० हजार रुपैयाँ प्राप्त  गरेका छन् । सेकेन्ड रनर अप काठमाडौँ इन्जिनियरिङ कलेजका अनिल कुँवरले एसियन पेन्ट्सबाट नगद ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

त्यसैगरी दुई सान्त्वना पुरस्कार विजेताहरू आईओई पुल्चोक क्याम्पसका अभिषेक महर्जन र काठमाडौँ इन्जिनियरिङ कलेजकी प्रिया श्रेष्ठले एसियन पेन्ट्सबाट जनही १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।

विजेताहरूलाई निर्णयाकहरूको प्यानलद्वारा छनोट गरिएको थियो । 

प्रकाशित मिति : २५ चैत्र २०७८, शुक्रबार  ७ : १४ बजे

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख

रविको जवाफ : सहकारी ठगीमा म संलग्न छैन, कहीँ कतै अभियोग लगाइएको छैन

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा

सहकारीको रकम अपचलन गर्नेलाई कारबाही हुन्छ : नगर प्रमुख कोइराला

विराटनगर– विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले नियम विपरीत सञ्चालित सहकारीमाथि

प्रतिनिधि सभा बैठक : गृहमन्त्री लामिछानेले सम्बोधन गर्दै

काठमाडौं- संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक सुरु भएको छ ।

सभामुखलाई उपेन्द्रको पत्र : अशोकसहित सात सांसदको पद गइसक्यो, विश्वासको मत दिन मिल्दैन

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अशोक राईसहित