लिभरपुल टोटनहमसँग बराबरीमा | Khabarhub Khabarhub

लिभरपुल टोटनहमसँग बराबरीमा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानको लिभरपुल टोटनहमसँग रोकिएको छ ।

घरेलु मैदान एनफिल्डमा भएको खेलमा लिभरपुल १-१ गोलको बराबरीमा रोकिएको हो । एक गोलले पछि परेको लिभरपुललाई लुइस डियाजले बराबरिमा ल्याएका थिए ।

खेलको ५६औं मिनेटमा ह्युङ मिन सनले गोल गर्दै भ्रमणकारी टोली टोटनहमलाई १-० को अग्रता दिलाए । तर ७४औं मिनेटमा डियाजले गोल गर्दै लिभरपुलको हार टारे ।

जितपछी लिभरपुल शीर्ष स्थानमा फर्किएपनी त्यसको फाइदा सिटीले लिएको छ । लिभरपुलको ३५ खेलबाट ८३ अंक छ । समान अंकको सिटीले एक खेल कम खेलेको छ । टोटनहम ३५ खेलबाट ६२ अंकसहित पाचौं स्थानमा छ ।

सिटीले आइतबार नै न्युक्यासल युनाईटेडको सामना गर्नेछ । यदी जितेको खण्डमा सिटीले तीन अंकको अग्रता लिनेछ ।

प्रिमियर लिगअन्तर्गत शनिबार नै भएका अन्य खेलमा ब्रेन्टफोर्डले साउथ ह्याम्पटनलाई ३–० ले, एस्टोन भिल्लाले बर्न्लीलाई ३–१ ले र क्रिस्टल प्यालेसले वाटफोर्डलाई १–० ले पराजित गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ७ : ४२ बजे

जब विद्यार्थीले अपहरणमा परेको बहाना बनाए…

तम्घास – आज बिहान करिब १०ः३० बजे मदाने गाउँपालिका–६ स्थित

वर्तमान सरकारविरुद्धको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौँ – सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको

जिल्ला न्यायाधीशका लागि छ जना सिफारिस

काठमाडौँ – न्यायपरिषद्को आजको बैठकले छ जना जिल्ला न्यायाधीश नियुक्तिका

विश्व व्यापार प्रणाली अझ स्थिर र सबल हुनुपर्छ : डब्ल्यूटीओ प्रमुख

एजेन्सी – विश्व व्यापार सङ्गठन (डब्ल्यूटीओ) का महासचिव डा. ङ्गोजी

राजस्वको कम्तीमा ३५ प्रतिशत हिस्सा मधेसलाई दिनुपर्छः अध्यक्ष ठाकुर

राजविराज – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले