बार्सिलोना च्याम्पियन्स लिगमा छनोट « Khabarhub

बार्सिलोना च्याम्पियन्स लिगमा छनोट


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत क्याटलान क्लब बार्सिलोनाले आगामी सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ ।

शनिबार राति रियाल बेटिसलाई २-१ अन्तरले पराजित गर्दै बार्सिलोना अघि बढेको हो। बार्सिलोनाका लागि ला लिगाको शीर्ष चारमा बस्दै आगामी सिजन च्याम्पियन्स लिगमा स्थान बनाउन बेटिसविरुद्ध तीन अंकको आवश्यक थियो ।

७६औँ मिनेटमा अंशु फातीले गोल गर्दा बार्सिलोनाले अग्रता लिएको थियो । ७९औँ मिनेटमा पूर्व खेलाडी बार्टाले बेटिसलाई खेलमा फर्काए । इन्जुरी समयको चौथो मिनेटमा जोर्डि अल्बाले गोल गर्दा बार्सिलोनाले तीन अंक पक्का गर्‍यो ।

बार्सिलोना ३५ खेलबाट ६९ अंकसहित दोस्रो स्थानमा यथावत छ । जुन तेस्रो स्थानको सेभिया भन्दा पाँच र चौथो स्थानको एट्लेटिको मड्रिड भन्दा आठ अंक बढी हो ।

बार्सिलोना ला लिगाको पछिल्लो १४ खेलमा अपराजित रहँदै आएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : १३ बजे

कोरला नाका जोड्ने घमी खोला पुल निर्माण अन्तिम चरणमा

मुस्ताङ– नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२

वाणिज्य विभागले गर्‍याे तीन होटललाई जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन वटा होटललाई

अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं– राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने भएको

नेयमारको घुँडाको शल्यक्रिया : के विश्वकप खेल्न सम्भव छ ?

काठमाडौं – ब्राजिलियन स्टार स्ट्राइकर नेयमारले घुँडाको शल्यक्रिया गराएका छन्।

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार मुद्दामा