उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन | Khabarhub Khabarhub

उपल्लो मुस्ताङमा स्वास्थ्य शिविर तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सहजरूपमा आधुनिक स्वाथ्योपचारको सेवा पाउन नसकेका उपल्लो मुस्ताङका बासिन्दालाई सोवारिग्पा उपचार विधिमार्फत निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ ।

विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) र सोवा रिग्पा एशोसिएशन अफ नेपालको संयुक्त आयोजनामा लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा तीन हप्तासम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करिब एक हजार ७५० जनाको स्वास्थ्य परीक्षण गर्नुकासाथै औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । शिविरमा सोवारिग्पाका ११ चिकित्सक तथा आम्चीहरु सहभागी थिए ।

वातावरण तथा जैविक विविधताको संरक्षण गरी स्थानीय जडीबुटीहरुको सम्बद्र्धन गर्ने उद्देश्यले दुबै गाउँपालिकाका प्रत्येक वडामा जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिएको एशोसिएशनका अध्यक्ष डा (आम्ची) तेन्जिङ धार्के गुरुङले जानकारी दिए। उनका अनुसार कार्यक्रममा स्थानीय तहका प्रतिनिधि, आमा समूहका पदाधिकारी, गाउँका मुखिया र विद्यालयका शिक्षक तथा विद्यार्थीको सहभागिता थियो ।

एशोसिएशनले केही वर्षयता वर्षेनी यस किसिमका स्वास्थ्य शिविर र जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ । जलवायु परिवर्तनको प्रभावका कारण उच्च हिमाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी विस्तारै लोप हुँदै गएको अवस्थामा तिनको संरक्षण र त्यसका लागि वातावरणीय जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने गण्डकी प्रदेशका सांसद इन्द्रधर बिष्टले बताए ।

कार्यक्रममा लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका निर्वतमान अध्यक्ष राजु विष्ट र लोमान्थाङ गाउँपालिकाका अध्यक्ष सुवर्णकुमार विष्टले पनि सोवारिग्पा प्राकृतिक उपचार विधिलाई विस्तार गर्न पालिकाहरूले सक्दो सहयोग गर्ने बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : ०१ बजे

फर्जी कागजात प्रकरणमा बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा बर्खास्त

काठमाडौं – बीमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई फर्जी कागजात प्रयोग

दिल्लीमा भारतीय र चिनियाँ विदेश मन्त्रीबीच उच्चस्तरीय वार्ता

काठमाडौं – भारतका विदेशमन्त्री डा.एस जयशंकर र चीनका पोलिट ब्युरो

घुस रकमसहित पक्राउ परेका वरिष्ठ वन अधिकृत यादवविरुद्ध आरोपपत्र दायर

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, कैलालीमा

सप्तरी घोंगी टिप्ने क्रममा डुबेर वृद्धाको मृत्यु

सप्तरी – घोंगी टिप्ने क्रममा अग्निसाइर कृष्णासवरण गाउँपालिकामा आज एक

च्याङ्ग्रा जोनमा ७८ पशु फार्म सूचीकृत

मुस्ताङ – राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ मुस्ताङअन्तर्गत सञ्चालित