सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु « Khabarhub

सुनसरीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी – सुनसरीको कोशी गाउँपालिका–३ जमुवामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी २६ वर्षीय पुरुष रहेका छन् । उनको पहिचान खुलेको छैन ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा जिल्ला अस्पताल इनरुवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ना ४ ख ६८ ४० नम्बरको बसले को ५ प ४० ०४ नम्बरको मोटरसाइकललाई गएराति साढे १० बजे ठक्कर दिएको थियो ।

दुबै सवारी साधन नियन्त्रणमा लिएको र बस चालक फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय लौकहीले जनाएको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ०३ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम