जोखिमयुक्त बाटो हिँडेर विद्यालय पुग्न बाध्य मुगुका बालबालिका « Khabarhub

जोखिमयुक्त बाटो हिँडेर विद्यालय पुग्न बाध्य मुगुका बालबालिका


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु – मुगुको एक विद्यालयका विद्यार्थी जोखिम यात्रा गरेर विद्यालय पुग्न बाध्य छन् ।

छायानाथ रारा नगरपालिका-३ मा रहेको मालिका आधारभूत विद्यालय साँया खोलाका बालबालिकाहरू विद्यालयसम्म पुग्न जोखिम मोल्न बाध्य छन् । विद्यालयका करिब ६८ जना विद्यार्थीहरू ३० मिटरसम्म भिरालो र  साँघुरो बाटोबाट विद्यालय आउजाउ गर्न पुग्न बाध्य  छन् ।

कक्षा १ देखि ५ सम्म पढाई हुने विद्यालयमा साना बालबालिकाहरू जोखिम यात्रा गरेर पढ्न बाध्य भएका हुन् । वर्षाले गर्दा बाटो पनि बिगार्दा विद्यालय जान गाह्रो भएको कक्षा ४ मा अध्ययनरत चाउली तिरुवाले बताइन् । छायानाथ रारा नगरपालिकालाई बाटो निर्माणको लागि पहल भइरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रंगबहादुर विकले बताए ।

मालिका आधारभूत विद्यालयमा खानेपानीको पनि समस्या छ । सडक मर्मत गर्ने क्रममा खानेपानीको पाइप काटिदिएकाले करिब पाँच महिनादेखि विद्यार्थीलगायत शिक्षकले विद्यालयको धाराको पानी उपभोग गर्न नपाएको अध्यक्ष विकले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १२ : ४२ बजे

तीनकुने आन्दोलनमा चार सुरक्षा अधिकारीलाई कारबाही सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको

म्यादी प्रहरीको पोसाक खरिद छानबिनः १९ बुँदे कार्यविधि पारित

काठमाडौँ – निर्वाचन (म्यादी) प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी

भोटेकोशी–कालीगण्डकी करिडोर अध्ययन समितिको सभापतिमा पौडेलको मात्रै उम्मेदवारी

काठमाडौँ- राष्ट्रियसभाको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन

भ्यानको ठक्करबाट ४५ वर्षीया गुप्ताको मृत्यु

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका–१६ भानु चोकमा विद्युतीय सवारीसाधन (भ्यान)ले ठक्कर दिँदा