मारिउपोलबाट सबै सर्वसाधारणको उद्धार « Khabarhub

मारिउपोलबाट सबै सर्वसाधारणको उद्धार


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको मारिउपोल शहरबाट सर्वसाधारणलाई बाहिर निकाल्ने कार्य पूरा भएको छ ।

रुस र युक्रेनले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । मारिउपोलको एजोभस्तल क्षेत्रमा रहेका सबै महिला, बालबालिका र बुढाबुढीको उद्धार गर्ने कार्य गरिएको हो ।

युक्रेनकी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले मानवीय कारवाही समाप्त भएको बताइन् । त्यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले माउिपोल शहरको एजोभस्तल क्षेत्रबाट ३ सय सर्वसाधारणको उद्धार गरिएको बताए ।

यद्यपि रुसको रक्षा मन्त्रालयले भने पछिल्ला तीन दिनमा सो क्षेत्रबाट केबल ५१ जनाको उद्धार भएको बीबीसीले उल्लेख गरेको छ ।

रुसी आक्रमणसँगै भीषण लडाइँको चपेटामा परेको मारिउपोल शहरको अधिकांश क्षेत्रमा रुसी फौजको नियन्त्रण रहेपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने अझै पनि युक्रेनी सैनिकहरूले रुसी फौजको प्रतिकार गरिरहेको बताइन्छ ।

एजोभस्तल क्षेत्रमा फसेका सर्वसाधारणको उद्धार गर्नका लागि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेड क्रसले पहल गरेका हुन् । यद्यपि उद्धार कार्य पूरा भएकोबारे ती संस्थाहरुले भने कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।

उद्धार गरिएकाहरूलाई कहाँ लगिएको भन्नेबारे अझै स्पष्ट नभइसकेको जनाइएको छ । त्यस्तै, एजोभस्तलमा रहेका युक्रेनी फौजको उद्धार गर्नेबारे पनि कूटनीतिक पहलहरू भइरहेको जेलेन्स्कीले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : १५ बजे

नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरियो

काठमाडौं– नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।  

स्वास्थ्यमा कुल बजेटको १० प्रतिशत विनियोजन गर्न चिकित्सक संघको माग 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) ले स्वास्थ्य क्षेत्रको बजेट वृद्धि,

स्वास्थ्य मन्त्रालयमा १८ सय बढी दरबन्दी स्वीकृत

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गत संघीय पुल संरचनामा

जब तीन सवारी एकआपसमा ठोक्किए…

दोलखा– लामोसाघु-जिरी सडक खण्डअन्तर्गत पर्ने वैतेश्वर गाउँपालिका-५ को मैनापोखरी बजारमा

ह्वाइट हाउसमा कुश्ती भिड्न जालान् रवीन्द्र ?

काठमाडौं– कुख्यात रोमन सम्राट कोमोडसले कोलोसियममा ग्लाडिएटर प्रतियोगिता आयोजना गरेको