मारिउपोलबाट सबै सर्वसाधारणको उद्धार « Khabarhub

मारिउपोलबाट सबै सर्वसाधारणको उद्धार


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनको मारिउपोल शहरबाट सर्वसाधारणलाई बाहिर निकाल्ने कार्य पूरा भएको छ ।

रुस र युक्रेनले यसको पुष्टि गरेको बीबीसीले जनाएको छ । मारिउपोलको एजोभस्तल क्षेत्रमा रहेका सबै महिला, बालबालिका र बुढाबुढीको उद्धार गर्ने कार्य गरिएको हो ।

युक्रेनकी उप प्रधानमन्त्री इरिना भेरेश्चुकले मानवीय कारवाही समाप्त भएको बताइन् । त्यस्तै, युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले माउिपोल शहरको एजोभस्तल क्षेत्रबाट ३ सय सर्वसाधारणको उद्धार गरिएको बताए ।

यद्यपि रुसको रक्षा मन्त्रालयले भने पछिल्ला तीन दिनमा सो क्षेत्रबाट केबल ५१ जनाको उद्धार भएको बीबीसीले उल्लेख गरेको छ ।

रुसी आक्रमणसँगै भीषण लडाइँको चपेटामा परेको मारिउपोल शहरको अधिकांश क्षेत्रमा रुसी फौजको नियन्त्रण रहेपनि एजोभस्तल औद्योगिक क्षेत्रमा भने अझै पनि युक्रेनी सैनिकहरूले रुसी फौजको प्रतिकार गरिरहेको बताइन्छ ।

एजोभस्तल क्षेत्रमा फसेका सर्वसाधारणको उद्धार गर्नका लागि संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेड क्रसले पहल गरेका हुन् । यद्यपि उद्धार कार्य पूरा भएकोबारे ती संस्थाहरुले भने कुनै टिप्पणी नगरेको बीबीसीले जनाएको छ ।

उद्धार गरिएकाहरूलाई कहाँ लगिएको भन्नेबारे अझै स्पष्ट नभइसकेको जनाइएको छ । त्यस्तै, एजोभस्तलमा रहेका युक्रेनी फौजको उद्धार गर्नेबारे पनि कूटनीतिक पहलहरू भइरहेको जेलेन्स्कीले बताएका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १ : १५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै