बादलले भरतपुरवासीलाई भने– म तपाईँहरूलाई धम्क्याउन आएको होइन | Khabarhub Khabarhub

बादलले भरतपुरवासीलाई भने– म तपाईँहरूलाई धम्क्याउन आएको होइन


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले नेता तथा कार्यकर्तालाई धम्क्याउन आफू भरतपुर नआएको बताएका छन् ।

भरतपुरमा आयोजित सभालाई आइतबार सम्बोधन गर्दै उनले स्थानीय तहको महत्वबारे धारणा राख्न भरतपुर आएको बताए ।

‘म तपाईहरूलाई धम्क्याउको निम्ती यहाँ उपस्थित भएको छैन । म फकाउन र लोभ्याउनको लागि पनि उपस्थित भएको हैन । म सहयात्रीलाई घुक्र्याउन पनि उपस्थित भएको छैन,’ बादलले भने, ‘स्थानीय तह निर्वाचनको के महत्व छ भन्ने बारे धारणा राख्न चाहन्छु ।’

अहिले देश ऐतिहासिक मोडमा आएको उनले जनाए । यो मोड नयाँ चुनौती र अवसर लिएर आएको उनले बताए ।

‘आज हामीले स्थानीय तहको निर्वाचनबाट यी चुनौतीलाई कसरी समाना गर्ने भन्ने प्रश्न उठेको छ । नेपाली जनताले यी प्रश्नको जवाफ दिनुपर्ने भएको छ । नेपालका नेता कार्यकर्ताहरूले यी प्रश्नको उचित जवाफ दिनुपर्ने भएको छ,’ उनले भने ।

अहिले देशमा दुई धारबीच संघर्ष चलेको उनले जनाए । एउटा धार ठूला पूँजीपतिहरूको जसको प्रतिनिधित्व पाँच दलीय गठबन्धनले गरेको उनले जनाए । अर्को धार देशभक्तहरूको रहेको छ जसको नेतृत्व एमालेले गरेको उनले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ५५ बजे

यातायात कार्यालय झापाद्वारा एक अर्ब राजस्व सङ्कलन

भद्रपुर– यातायात व्यवस्था कार्यालय झापाले गत आर्थिक वर्ष २०८१/८२ मा

हायु परिवारका सबैको मोबाइल स्विच अफ, वडाध्यक्ष भन्छन्- घटना रहस्यमय छ

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु

व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

काठमाडौं– व्यापक साइबर आक्रमण भएपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

सभापति देउवाद्वारा थानीको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

मनसुनमा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

गण्डकी– अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक