बेलायतले युक्रेनलाई थप १ अर्ब ३० करोड पाउण्ड सहायता प्रदान गर्ने « Khabarhub

बेलायतले युक्रेनलाई थप १ अर्ब ३० करोड पाउण्ड सहायता प्रदान गर्ने


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  बेलायतले युक्रेनलाई थप १ अर्ब ३० करोड पाउण्डको सहायता प्रदान गर्ने भएको छ ।

बेलायती अर्थमन्त्री ऋषि सुनकले युक्रेनकाका लागि १ अर्ब ३० करोड पाउण्डको अतिरिक्त कोष प्याकेज प्रदान गर्न लागेको बेलायतबाट प्रकाशित हुने द सन्डे टाइम्सले जनाएको छ ।

यो रकम ट्रेजरीको आपतकालीन कोषबाट लिइने र युक्रेनलाई बेलायतको विद्यमान १.५ अर्ब पाउन्ड सहयोगको अतिरिक्त प्रदान गरिने जनाइएको छ ।

बेलायतका रक्षामन्त्री बेन वालेस र विदेशमन्त्री लिज ट्रसको दबाबपछि सुनकले थप सहायताको पुष्टि गरेको द सन्डे टाइम्सले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेपछि यसको जवाफमा पश्चिमा देशहरूले रुसविरुद्ध व्यापक प्रतिबन्ध अभियान चलाएका छन् र युक्रेनलाई हतियार आपूर्ति जारी राखेका छन् ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ४ : ५७ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार