चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग  | Khabarhub Khabarhub

चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग 


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिकामा चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ । आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको देखिएको हो । विशेषगरी कांग्रेस र एमालेको चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको सामाजिक सञ्जालमै छरपस्ट भएको छ ।

स्वयं वडाध्यक्षका उम्मेदवारहरूले पोस्ट गरेको तस्बिरमा बालबालिकाले पार्टीका चुनाव चिन्ह अंकित झण्डा समाएर उभिएको देखिन्छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरका एमालेका वडाध्यक्षका उम्मेदवार यज्ञनारायण श्रेष्ठले शनिबार र रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका कांग्रेसका वडाध्यक्षका उम्मेदवार गेहेन्द्र राईले आइतबार पोस्ट गरेको तस्बिरले निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग भएको पुष्टि गरेको छ ।

निर्वाचन प्रचार–प्रसार एवं घरदैलोका क्रममा बालबालिकाको प्रयोग भएको भन्दै आलोचना भएपछि वडाध्यक्षका उम्मेदवार श्रेष्ठले बालबालिकाको तस्बिर कटाएको तस्बिर राखेका छन् । अर्का वडाध्यक्षका उम्मेदवार राईले भने बालबालिकाले झण्डा समाएर उभिएको तस्बिर हटाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिरबाट जिल्ला अन्य ठाउँमा चुनावी प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको अनुमान गरिएको छ । यस बारेमा प्रश्न गर्दा दलका नेता तथा उम्मेदवारले बालबालिका आफै आएर भिडमा मिसिने गरेको जवाफ दिने गरेका छन् ।

निर्वाचन आचार संहितामा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका दललाई ८ वैशाखमा पत्र पठाउँदै चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको थियो । तर दलबाट चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ ।

निर्वाचनका बेला बालबालिकाको प्रयोग भइरहेको विषयमा अनुगमन भइरहेको राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ३२ बजे

हायु परिवारका सबैको मोबाइल स्विच अफ, वडाध्यक्ष भन्छन्- घटना रहस्यमय छ

सिन्धुली- सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीबाट लोपोन्मुख हायु

व्यापक साइबर आक्रमणपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

काठमाडौं– व्यापक साइबर आक्रमण भएपछि रुसको एरोफ्लोट एअरलाइनको सेवा अवरुद्ध

सभापति देउवाद्वारा थानीको निधनप्रति दुःख व्यक्त

काठमाडौं– नेपाली कांग्रेसका सभापति, संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री शेरबहादुर

मनसुनमा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

गण्डकी– अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न वर्षात्को समयमा पनि दैनिक

साउनको दोस्रो सोमबार पशुपतिनाथमा दर्शनार्थीको भीड

काठमाडौं– साउन महिनाको दोस्रो सोमबार, पशुपतिनाथ मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड