चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग  « Khabarhub

चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग 


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङको रावाबेँसी गाउँपालिकामा चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ । आसन्न ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनको प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको देखिएको हो । विशेषगरी कांग्रेस र एमालेको चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको सामाजिक सञ्जालमै छरपस्ट भएको छ ।

स्वयं वडाध्यक्षका उम्मेदवारहरूले पोस्ट गरेको तस्बिरमा बालबालिकाले पार्टीका चुनाव चिन्ह अंकित झण्डा समाएर उभिएको देखिन्छ । रावाबेँसी गाउँपालिका–६ हौंचुरका एमालेका वडाध्यक्षका उम्मेदवार यज्ञनारायण श्रेष्ठले शनिबार र रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका कांग्रेसका वडाध्यक्षका उम्मेदवार गेहेन्द्र राईले आइतबार पोस्ट गरेको तस्बिरले निर्वाचन प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग भएको पुष्टि गरेको छ ।

निर्वाचन प्रचार–प्रसार एवं घरदैलोका क्रममा बालबालिकाको प्रयोग भएको भन्दै आलोचना भएपछि वडाध्यक्षका उम्मेदवार श्रेष्ठले बालबालिकाको तस्बिर कटाएको तस्बिर राखेका छन् । अर्का वडाध्यक्षका उम्मेदवार राईले भने बालबालिकाले झण्डा समाएर उभिएको तस्बिर हटाएका छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएका तस्बिरबाट जिल्ला अन्य ठाउँमा चुनावी प्रचारप्रसारका क्रममा बालबालिकाको प्रयोग भइरहेको अनुमान गरिएको छ । यस बारेमा प्रश्न गर्दा दलका नेता तथा उम्मेदवारले बालबालिका आफै आएर भिडमा मिसिने गरेको जवाफ दिने गरेका छन् ।

निर्वाचन आचार संहितामा निर्वाचन प्रचार प्रसार, आमसभा तथा जुलुसमा १८ वर्ष उमेर पुरा नभएका बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने उल्लेख छ । राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले खोटाङ, ओखलढुंगा र सोलुखुम्बुका दललाई ८ वैशाखमा पत्र पठाउँदै चुनावी कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको थियो । तर दलबाट चुनावी गतिविधिमा बालबालिकाको प्रयोग भइरहेको पाइएको छ ।

निर्वाचनका बेला बालबालिकाको प्रयोग भइरहेको विषयमा अनुगमन भइरहेको राष्ट्रिय मानव अधिकार प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ८ : ३२ बजे

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

सामाजिक-आर्थिक लोकतन्त्रबिना राजनीतिक लोकतन्त्रको अर्थ छैन : यादव

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सामाजिक

स्यालको आक्रमणबाट १० जना मानिस र केही पशु चौपाया घाइते

सर्लाही– सर्लाहीको हरिवन नगरपालिकाको विभिन्न वडाक्षेत्रमा पछिल्लो समय स्यालको आक्रमणका