लोकतन्त्रको पक्षमा लाग्ने दलहरूबीच गठबन्धन : देउवा « Khabarhub

लोकतन्त्रको पक्षमा लाग्ने दलहरूबीच गठबन्धन : देउवा


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले मुलुकमा परिवर्तन र लोकतन्त्रको पक्षमा लाग्ने दलहरूबीच गठबन्धन भएको बताएका छन् ।

आज घोराहीमा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले पाँच दलीय गठबन्धनले संविधानको रक्षा गर्न सकेको बताएका हुन् ।

सभापति देउवाले सबै नेता तथा कार्यकर्ताहरूलाई गठबन्धनको मर्मअनुसार इमान्दारीपूर्वक मतदान गर्न अपिल पनि गरे ।

पाँच दलीय गठबन्धनका उम्मेदवारहरूलाई विजयी बनाउन कांग्रेस कार्यकर्ता अझ बढी सक्रियताका साथ लाग्नुपर्ने उनको भनाइ थियो ।

 

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  १० : ४१ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका