संविधान जोगाउने प्रमुख दायित्व कांग्रेसको हो : नेता सिंह « Khabarhub

संविधान जोगाउने प्रमुख दायित्व कांग्रेसको हो : नेता सिंह


२५ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संविधानले दिएको अधिकार संस्थागत गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

नेपाली कांग्रेस तारकेश्वर नगर कार्यसमितिले आज गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, “कांग्रेसको नेतृत्वमा बनेको संविधानलाई झन्डै दुई तिहाइ मत पाएको तत्कालीन नेकपाको सरकारले कार्यान्वयन गर्न सकेन, संविधानको रक्षा गर्दै जनताको अधिकार स्थापित गर्नु आजको मुख्य आवश्यकता हो ।” कांग्रेसको नेतृत्वमा बनेको संविधान जोगाउने प्रमुख दायित्व पनि कांग्रेसकै भएको उनको भनाइ छ।

नेपालको हरेक राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका कांग्रेसले निर्वाह गरेको उल्लेख गर्दै नेता सिंहले अब मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने काम पनि कांग्रेसले गर्ने बताए ।

नेपालका कम्युनिष्ट पार्टीलाई बहुदलीय व्यवस्थामा ल्याउन कांग्रेसको महत्वपूर्ण भूमिका रहेको उनको धारणा थियो ।

नेता सिंहले स्थानीय तहको निर्वाचनको प्रभाव प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा समेत पर्ने भएकाले स्थानीय तहलाई नै बलियो बनाउने गरी कांग्रेस लाग्नुपर्ने बताए । उनले केन्द्रीकृत शासन प्रणाली विस्तारै स्थानीय तहमार्फत गाउँगाउँमा पुगेको भन्दै गाउँको समस्या बुझ्ने खालको जनप्रतिनिधिलाई छान्न मतदातालाई आग्रह गरेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०७९, आइतबार  ११ : ५० बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी