काठमाडौँ आए ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’ का प्रतियोगी | Khabarhub Khabarhub

काठमाडौँ आए ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’ का प्रतियोगी


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्ट्रा नेसनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन) ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप युएसए र मेरो डान्स कप युएसए –सिजन २० को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धी अमेरिकाबाट नेपाल आएका छन् । उनीहरूलाई मंगलबार त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । अमेरिकाबाट आएका २४ जना प्रतिस्पर्धीसहित ४२ जना व्यक्तिहरूलाई विमानस्थलमा स्वागत गरिएको हो । स्वागतपश्चात त्रिभुवन विमानस्थलबाट २ दर्जन बढी मोटरसाइकल र्‍यालीसहित २४ प्रतिस्पर्धीलाई आयोजकले ठमेलको एक होटलमा पुर्‍याइएको थियो ।

होटलमा आयोजित पत्रकार सम्मेलनमा दुई वटा रियालिटी सोको विषयमा जानकारी दिइयो । ग्यालेक्सी टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण भैरहेको यो सोको बाँकी १० भागको छायांकन नेपालमै हुनेछ । कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकले जनाएको छ ।

अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरूले भाग लिएको प्रतिस्पर्धा अन्तर्गत ‘मेरो भ्वाइस कप–२’ को उत्कृष्ट १२ मा शीतल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लिला गजमेर, संगीता बोगटी छन् । यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, शिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सब्य बिष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् । यी दुवै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुबै रियालिटी सोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुलाई विश्वमा चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बाँनियाले जानकारी दिए ।

‘मेरो भ्वाइस कप युएसए’ को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् । यस्तै, ‘मेरो डान्स कप, युएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर बीसी, संचिता लुँइटेल र नरमान राई छन् । दुवै कार्यक्रमको सञ्चालन नायिका रीमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन् । कार्यक्रममा फाउन्डेसनका नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले अमेरिकाबाट आएका प्रतिस्पर्धीहरूलाई स्वागत गरेका  थिए ।

 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १२ : २३ बजे

एमालेको निष्कर्ष- जनतासँग पार्टीको र कार्यकर्तासँग नेताको सम्बन्ध सुध्रिँदै गएको छ

काठमाडौं– प्रमुख सत्तारुढ नेकपा (एमाले) ले जनतासँग पार्टी र कार्यकर्तासँग

जनार्दनलाई उर्जामन्त्रीको काउन्टर : १२ वर्षमा माओवादीले ऊर्जा मन्त्रालय सम्हाल्दा के काम भयो ?

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को २३औँ वार्षिक साधारण

इरानी राजदूत भन्छन्– भारतले क्षेत्रीय शान्ति प्रवर्द्धन गर्न थप भूमिका खेल्नुपर्छ

काठमाडौं– भारतका लागि इरानका राजदूतले भारतलाई क्षेत्रीय शान्ति प्रवर्द्धनका लागि

मन्त्री गुप्तासँग बिचौलियाले घुस डिल गरेको ‘लिची गार्डेन’ (तस्बिरहरू)

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता र

सङ्घीयता कार्यान्वयनमा पत्रकारको भूमिका महत्वपूर्ण : प्रदेशका सभामुख गुरुङ

कर्णाली– कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङले सङ्घीयता कार्यान्वयनमा पत्रकारहरूको भूमिका