काठमाडौँ आए ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’ का प्रतियोगी « Khabarhub

काठमाडौँ आए ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’ का प्रतियोगी


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इन्ट्रा नेसनल वेल फेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका (इन्ट्रा फाउन्डेसन) ले अमेरिकामा आयोजना गरेको ‘मेरो भ्वाइस कप युएसए र मेरो डान्स कप युएसए –सिजन २० को उत्कृष्ट १२ मा पर्न सफल प्रतिस्पर्धी अमेरिकाबाट नेपाल आएका छन् । उनीहरूलाई मंगलबार त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको थियो । अमेरिकाबाट आएका २४ जना प्रतिस्पर्धीसहित ४२ जना व्यक्तिहरूलाई विमानस्थलमा स्वागत गरिएको हो । स्वागतपश्चात त्रिभुवन विमानस्थलबाट २ दर्जन बढी मोटरसाइकल र्‍यालीसहित २४ प्रतिस्पर्धीलाई आयोजकले ठमेलको एक होटलमा पुर्‍याइएको थियो ।

होटलमा आयोजित पत्रकार सम्मेलनमा दुई वटा रियालिटी सोको विषयमा जानकारी दिइयो । ग्यालेक्सी टेलिभिजनबाट हरेक शुक्रबार र शनिबार प्रसारण भैरहेको यो सोको बाँकी १० भागको छायांकन नेपालमै हुनेछ । कार्यक्रमको फाइनल भने अमेरिकामा नै हुने आयोजकले जनाएको छ ।

अमेरिका र क्यानडामा रहेका नेपाली भाषीहरूले भाग लिएको प्रतिस्पर्धा अन्तर्गत ‘मेरो भ्वाइस कप–२’ को उत्कृष्ट १२ मा शीतल शर्मा, मुना लकान्ड्री, बाबु खालिङ, करण तामाङ, प्रेम अङदेम्बे, मेघा पौडेल, अजित सुब्बा, सम्राट गुरुङ, सागर सुवेदी र लिला गजमेर, संगीता बोगटी छन् । यस्तै, ‘मेरो डान्स कप’को उत्कृष्ट १२ मा सुमन लामिछाने, शिवानी ढकाल, विशाल उप्रेती, रेजिना सुब्बा, रेनुका राई, सब्य बिष्ट, सुमिका तामाङ, आयुषा समाल लगायत छन् । यी दुवै कार्यक्रमको निर्देशक एलिन श्रेष्ठ हुन् । संस्थाका अध्यक्ष डिल्ली अधिकारीको परिकल्पनामा तयार भएको दुबै रियालिटी सोले अमेरिका र क्यानडामा रहेका नेपाली भाषी प्रतिभाहरुलाई विश्वमा चिनाउन मद्दत गरेको कार्यक्रम संयोजक इन्द्र बाँनियाले जानकारी दिए ।

‘मेरो भ्वाइस कप युएसए’ को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, सुजाता वर्मा र अर्जुन रसाइली छन् । यस्तै, ‘मेरो डान्स कप, युएसए’को निर्णायकमा मिथिला शर्मा, दिलिप रायमाझी, केकी अधिकारी, शंकर बीसी, संचिता लुँइटेल र नरमान राई छन् । दुवै कार्यक्रमको सञ्चालन नायिका रीमा विश्वकर्मा र राजेश घतानीले गर्नेछन् । कार्यक्रममा फाउन्डेसनका नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले अमेरिकाबाट आएका प्रतिस्पर्धीहरूलाई स्वागत गरेका  थिए ।

 

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १२ : २३ बजे

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको