जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण « Khabarhub

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा– बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जिल्ला आपतकालीन सञ्चालन केन्द्रलाई सामग्री हस्तान्तरण गरेको छ। मंगलबार जिल्ला प्रशासन कार्यालय रसुवामा भएको विपद् व्यवस्थापनसम्बन्धी कार्यक्रममा केन्द्रलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको हो।

केन्द्रको सुदृढीकरणका लागि सामग्री खरिद गरेर हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ। केन्द्रलाई ४१ इन्चको स्मार्ट टेलिभिजन, डेस्कटप कम्प्युटर, प्रिन्टर, प्रोजेक्टर, पावर ब्याकप सिस्टम र भिस्याट फोन सेट हस्तान्तरण गरिएको हो। मन्त्रालयले रसुवाका निमित्त प्रमुख जिल्ला अधिकारी दुर्गा थापा केसीलाई सामग्री हस्तान्तरण गरेको हो। कार्यक्रममा बागमती प्रदेशमा विपदको अवस्था, हालसम्म भएका कार्य, आगामी दिनका योजनालगायतका बारेमा छलफल भएको थियो।

साथै जिल्लाका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिले जिल्लाको विपदको अवस्था, सुरक्षा निकायले गरेका कार्यलगायतका बारेमा जानकारी गराएका थिए।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १ : ०० बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना