अछाम घटनाको छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सभामुखको निर्देशन « Khabarhub

अछाम घटनाको छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन सभामुखको निर्देशन


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले अछामका विनोद शाहीको हत्या घटनाको छानबिन गरि दोषीलाई कारबाही को दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा अछामका नेकपा एमालेका सांसद यज्ञ बोगटीले शाहीको हत्या घटनामा दुई साता बितिसक्दा पनि दोषीलाई कानुनी दायरामा ल्याउन ढिलाइ गरिएको भन्दै ध्यानाकर्षण गराएपछि सभामुख सापकोटाले घटनाको सत्यतथ्य पत्ता लगाई दोषीलाई कारबाहीको प्रक्रिया अघि बढाउन सरकारलाई निर्देशन दिएका हुन् । सांसद शाहीले उक्त राजनीतिकरण भएको आरोप लगाए । अछाम प्रशासनले हत्याका अभियुक्तलाई कानुनी दायरामा ल्याउन सभामुखमार्फत उनले सरकारको ध्यानाकर्षण गराए । गृहमन्त्रीले दोषीमाथि कारबाही  प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएपछि जाहेरी दर्ता नभएको बोगटीले बताए ।

अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ का १६ वर्षीय विनोद शाहीको जेठ २१ गते बिहान घर नजिकैको भीरमा शव फेला परेको थियो । मृतक किशोरका आफन्तले हत्या भएको आरोप लगाउदै आएका छन् ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  १ : २८ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा