फोहोर व्यवस्थापनमा पहल गर्न प्रधानमन्त्री देउवालाई गगन थापाको आग्रह (भिडियो) « Khabarhub

फोहोर व्यवस्थापनमा पहल गर्न प्रधानमन्त्री देउवालाई गगन थापाको आग्रह (भिडियो)


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा पहल गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

प्रतिनिधि सभामा बोल्दै सांसद थापाले काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य रहेको भन्दै प्रधानमन्त्रीलाई पहल गर्न आग्रह गरेका हुन् । 

थापाले फोहोरमुक्त काठमाडौं बनाउने अभियानलाई सक्रिय रुपमा साथ दिन सम्पूर्ण नगरवासीलाई आग्रह समेत गरे।

‘काठमाडौंको फोहोर व्यवस्थापनमा काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले गरिरहेको काममा मद्दत गर्नु सबैको कर्तव्य हो । स्रोत साधन र कानुनी प्रक्रियाको गाँठो फुकाउन प्रधानमन्त्रीज्यूले नै पहल गर्नुपर्नेछ ।

त्यसका लागि पहलकदमी लिन सभामुख ज्यू मार्फत प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छ’ थापाले भने । सरकारले आफ्नो कर्तव्य पूरा गरेसँगै नगरवासीले पनि महानगरपालिकाको आह्वानअनुसार स्रोतमा नै कुहिने र नकुहिने फोहर छुट्याएर राख्नुपर्नेमा सांसद थापाको जोड छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ३ : ५७ बजे

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित

सरकारी टोलीले जेन-जी आन्दोलनमा क्षति पुगेका दलका कार्यालयको अवलोकन गर्दै

काठमाडौं – सञ्चार तथ सूचना प्रविधिमन्त्री जगदीश खरेलसहित सरकारी टोलीले

राष्ट्रियसभा बैठकका लागि कृषि समितिको हल मर्मत गरिँदै (तस्बिरहरू)

काठमाडौं– गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित

क्रिकेट खेलाडी धामी ‘बिज एजुकेशन’का ब्रान्ड एम्बासडर

काठमाडौं– क्रिकेट खेलाडी हेमन्त धामीलाई ‘बिज एजुकेशन’ले ब्रान्ड एम्बासडरका रूपमा