सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा अतिरिक्त महानिरीक्षक गौतमलाई दर्ज्यानी चिन्ह प्रदान « Khabarhub

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालद्वारा अतिरिक्त महानिरीक्षक गौतमलाई दर्ज्यानी चिन्ह प्रदान


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रप्रकाश गौतमलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालय हल्चोक स्वयम्भूमा बुधबार आयोजित विशेष समारोहकाबीच महानिरिक्षक अर्यालले गौतमलाई दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सरकारले यही जेठ २३ गते गौतमलाई प्रहरी नायव महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरेको थियो ।

दज्र्यानी चिन्ह प्रदान गर्न आयोजित समारोहमा सम्बोधन गर्दै महानिरीक्षक अर्यालले हालै पदोन्नती भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक गौतमलाई बधाई दिदै उनको कार्यक्षमता, योग्यता, कार्यकुशलता र व्यवसायिकताको मुल्यांकन गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको बताए ।

साथै कार्यकाल सफलताको शुभकामना समेत व्यक्त गरे । उनले आफु सधैं टिमवर्क र सामुहिकतामा विश्वास राख्ने उल्लेख गर्दै फौजी जीवनमा सबैले बर्दिको सान र दर्जाको मान राख्दै भातृत्व, सद्भाव र आत्म विश्वाससँगै गौरवकासाथ राष्ट्र र नागरिकको सेवामा
जुट्नुपर्ने भनाई राखे ।

महानिरीक्षक अर्यालले संगठनमा सुधारका विभिन्न कार्यहरु सुरुवात गरिएको चर्चा गर्दै सोको कार्यान्वयनका लागि विभागीय प्रमुख, फिल्ड लेवलका कमाण्डर लगायत सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुको साथ सहयोग तथा सामुहिक प्रयास रहने बिश्वास व्यक्त गरे ।

उनले फौजमा चेनअफ कमाण्ड तथा अनुशासनको महत्वमाथि प्रकाश पार्दै भ्रष्टाचारमा शून्य सहनशिलताको नीति कडाईका साथ पालना गर्दै संगठनको बृहत्तर हितका लागि सकल दर्जाका सबैलाई पूर्ण व्यवसायिक रहि राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा क्रियाशिल रहन निर्देशन दिए ।

सोही अवसरमा सशस्त्र प्रहरी परिवार महिला संघकी केन्द्रिय अध्यक्ष अनिता अर्यालले संघकी नवनियुक्त उपाध्यक्ष मुना शर्मा गौतमलाई  संघमा स्वागत गरिन् । समारोहमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत वरिष्ठ अधिकृतहरु, सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरुका साथै सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ४ : ०१ बजे

सर्वदलीय बैठक : सबै दल समेटेर २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति बनाइने

काठमाडौं- सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ

युद्धको घेरामा मध्यपूर्व, विश्वभर चिन्ता

पेरिस– मध्यपूर्वमा जारी द्वन्द्व तीव्र बन्दै जाँदा इरान, इजरायल, अमेरिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता

राजगुठी जग्गा संरक्षण गर्न घ्याङ गुठीको माग

काठमाडौं– गुठी संस्थानअन्तर्गत रहेको बौद्धको राजगुठी जग्गा संरक्षण गर्न बौद्ध घ्याङ

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको