उद्घाटन गर्दागर्दै झोलुङ्गे पुल भत्केपछि मेयर र नगरपरिषद्का सदस्यसहित २५ घाइते (भिडियो) « Khabarhub

उद्घाटन गर्दागर्दै झोलुङ्गे पुल भत्केपछि मेयर र नगरपरिषद्का सदस्यसहित २५ घाइते (भिडियो)


२५ जेठ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उद्घाटन गर्ने क्रममा मेक्सिकोमा एउटा झोलुङ्गे पुल भत्किएको छ । राजधानी मेक्सिको सिटीबाट ८० किलोमिटर दक्षिणतर्फ पर्ने कुएर्नाभाका सहरमा मेयरले उद्घाटन गर्ने क्रममा झोलुङ्गे पुल भत्केको हो ।

कुएर्नाभाका सहरमा निर्मित पासेओ रिबेरेनियो पुल भत्किँदा मेयरसहित २५ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको मोरेलोस राज्यको जनसुरक्षा निर्देशक इनरिके क्लेमेन्ट गल्लार्दोलाई उद्धृत गर्दै ल्याटिन अमेरिकी टेलिभिजन सञ्जाल टेलेसुरको अनलाइन संस्करणले जनाएको छ ।

घाइते हुनेमा कुएर्नाभाका सहरका मेयर होसे लुइस उरिओस्तेगुई, सञ्चारकर्मी एवम् नगरपरिषद्का सदस्य समेत रहेको टेलेसुरले जनाएको छ ।

पुल भत्केपछि घाइते भएका मानिसहरुलाई नजिकैको अस्पताल भर्ना गरिएको छ । घटनापछि उद्धार एवम् खोजीकार्यका लागि त्यहाँको नागरिक सुरक्षा निकायले सैनिक एवम् अग्नि नियन्त्रकहरुको सहायता लिएको बताइएको छ ।

उपनिवेशिक कालमा सन् १६ औं शताब्दीमा निर्मित कुएर्नाभाका सहर पर्यटकको आकर्षण रहेको बताइएको छ ।

प्रकाशित मिति : २५ जेठ २०७९, बुधबार  ६ : २७ बजे

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको