मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | Khabarhub Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महोत्तरीको महोत्तरी गाँउपालिका–५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डल रहेका छन् । गम्भिर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वर स्थित प्रादेशिक अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो । 

गम्भिर घाइते भएका मोटरसाइकलमा सवार ३२ वर्षीय अनिल कुमार मण्डलको सोही अस्पतालमै उपचार भइरहेको छ । मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकल गएराती १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । 

मोटरसाइकलमा सवार दुईजनामध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १२ : ५२ बजे

कांग्रेसलाई थाहै नदिई ‘कुलिङ पिरियड’ हटाउन एमालेको चलखेल

काठमाडौं– कुनै समान उद्देश्य र कारणले केही व्यक्ति वा समूह

फ्रान्सेली विदेशमन्त्री किएभमा

एजेन्सी – फ्रान्सका विदेशमन्त्री जाँ–नोएल ब्यारो रूस विरुद्धको लडाइँमा युक्रेनलाई

चरन क्षेत्र अभावले संकटमा चौँरीपालन व्यवसाय

दोलखा– जिल्लाको माथिल्लो भेगका किसानको आम्दानीको मुख्य स्रोतका रूपमा रहेको

चितवन निकुञ्ज घुम्ने पर्यटक घटे

भरतपुर – चितवन राष्ट्रिय निकुञ्जमा घुम्ने पर्यटकको सङ्ख्या घटेको छ

स्वास्थ्यमन्त्रीको गुनासो- नेताको पावर लगाएर सरुवा रोक्ने प्रवृत्तिले उपत्यकाबाहिर चिकित्सक पठाउन गाह्रो

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रद पौडेलले नेताहरूको पावर लगाएर