मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– महोत्तरीको महोत्तरी गाँउपालिका–५ गौरिगामा गएराती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना गम्भिर घाइते भएका छन् । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार महोत्तरी गाँउपालिका–६ का ३० वर्षीय मुकेश मण्डल रहेका छन् । गम्भिर घाइते भएका मुकेशको उपचारको क्रममा जलेश्वर स्थित प्रादेशिक अस्पतालमा आज बिहान सवा ३ बजे मृत्यु भएको हो । 

गम्भिर घाइते भएका मोटरसाइकलमा सवार ३२ वर्षीय अनिल कुमार मण्डलको सोही अस्पतालमै उपचार भइरहेको छ । मडैबाट बलबातर्फ जाँदै गरेको ज ११ प १७२३ नम्बरको मोटरसाइकल गएराती १ बजे नियन्त्रण गुमाएर पल्टिएको थियो । 

मोटरसाइकलमा सवार दुईजनामध्ये चालक को हुन् भन्ने बारे खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १२ : ५२ बजे

चीनले भन्यो : बुधबारको विनाशकारी बाढी नेपालतर्फ हिमालमा झरेको पहिरोबाट

काठमाडौं- नेपालको उत्तरी सीमावर्ती क्षेत्रमा बुधबार आएको विनाशकारी बाढीपहिरोको कारणबारे

रसुवा नाका बन्द हुँदा चीनतर्फको आयातमा कस्तो असर पर्छ ?

काठमाडौं– भदौ १० गते भोटेकोसीमा आएको विनाशकारी बाढीले जनधनको ठूलो

भोटेकोशी बगरमा शव खोज्दै सेना-प्रहरी, आँखामा त्रास र मनमा आशा बोकेर कुर्दैछन् आफन्त

काठमाडौं- बुधबार रसुवाको भोटेकोशी हुँदै त्रिशूलीमा आएको विनाशकारी बाढीले ठूलो

फाइट जितेपछि रवीन्द्रको आग्रह – नेपालमा बाढीले गाह्रो छ, सहयोग गर्नुस्

काठमाडौं – ‘रोड टू यूएफसी सिजन-५’ अन्तर्गत युजिल्यान्डका कासिब मोर्डोचलाई

नेपाल चेम्बरद्वारा प्रहरीलाई १७ वटा ‘सर्भिलेन्स ड्रोन’ हस्तान्तरण

काठमाडौं– नेपाल चेम्बर अफ कमर्सले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा