बाख्रा पालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध | Khabarhub Khabarhub

बाख्रा पालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–७ सिमलफाँटाका व्यावसायिक रुपमा बाख्रा पालनमा लागेका किसानलाई अनुदान रकम उपलब्ध गराइएको छ । 

बाख्रा पालक किसानलाई खोर सुधार र घाँस काट्ने च्यापकटर मेसिन खरिदमा लाग्ने ५० प्रतिशत रकम अनुदानमा उपलब्ध गराइएको हो । मध्यवर्ती युवा बाख्रा पालन समूहमा आबद्ध १२ किसानलाई खोर सुधारका लागि जनही रु ४२ हजारका दरले र च्यापकटरका लागि ३४ किसानलाई रु पाँच हजारका दरले अनुदान रकम उपलब्ध गराइएको नगरपालिकाको पशु विकास शाखाका भेटेरिनरी अधिकृत रामप्रसाद भट्टले बताए ।

‘प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रम अन्तर्गत उपलब्ध भएको अनुदानको रु १४ लाख रकम किसानलाई खोर सुधार र च्यापकटर खरिदका लागि उपलब्ध गराएका छौँ’, उनले भने, ‘अनुदानमा उपलब्ध गराएको रकमजति नै किसानले रकम थपेका छन् ।’

बाख्रा पालन व्यवसायलाई आधुनिक तरिकाले गर्नका लागि अनुदान रकम उपलब्ध गराइएको उनको भनाइ छ । अनुदान रकमसँगै बाख्रा पालनमा संलग्न ३४ किसानलाई दुई दिने तालिमसमेत दिइएको छ । 

नगरपालिकाको कार्यपालिका बैठकबाट स्थान छनोट गरी गत वर्ष बाख्रा पालनमा संलग्न २४ जना किसानलाई अनुदानमा ९६ बाख्रा र एक उन्नत जातको बोका वितरण गरिएको थियो । त्यसका लागि प्रधानमन्त्री आधुनिकीकरण परियोजना साना व्यवसाय कृषि उत्पादन केन्द्र बाख्रा पकेट कार्यक्रमअन्तर्गत बाख्रा खरिदका लागि रु १५ लाख रकम उपलब्ध गराइएको थियो ।

गत वर्ष नै बाख्रा वितरण गरिएका किसानलाई सघाउ पुर्‍याउन खोर सुधार र च्यापकरटमा अनुदान दिइएको अधिकृत भट्टले बताए । अनुदान रकम परिचालन गरिएका बाख्राको बिमासमेत गरिएको छ । नगरपालिकाको सिमलफाँटा गाउँ बाख्रापालनका लागि अग्रणी रहेको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  १ : ४४ बजे

ओलीपछि देउवा पनि मध्यराति शीतल निवासमा

काठमाडौं- बिरामी भएका भनिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि

केपी ओली बालकोटबाट मध्यराति शीतल निवासमा

काठमाडौं- दुई ठूला दलबीच नयाँ सत्ता समीकरणको रस्साकस्सी भइरहेका बेला

बेल्जियमलाई हराउँदै फ्रान्स युरोकपको क्वार्टरफाइनलमा

काठमाडौं– फ्रान्स १७औँ संस्करणको युरोकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ

मङ्गलबारसम्म बन्न सक्छ काङ्ग्रेस-एमाले गठबन्धन सरकार

काठमाडौं- नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बन्ने

एकल महिला समूहले स्थापना गर्यो ‘शान्ति ग्यालरी’

काठमाडौं । मानव अधिकारका लागि महिला, एकल महिला समूहले बूढानीलकण्ठ–७