प्रधानमन्त्रीले कुनै मन्त्रीलाई पदबाट निकाल्ने हुती नै छैन : ओली « Khabarhub

 प्रधानमन्त्रीले कुनै मन्त्रीलाई पदबाट निकाल्ने हुती नै छैन : ओली


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारमा बस्ने मान्छेले नराम्रा काम गरेपनि उनीहरुलाई पदबाट हटाउने आँट प्रधानमन्त्रीमा नभएको बताएका छन् । 

छविलाल कार्कीको स्मृतिमा १२ औं स्मृतिका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले अर्थमन्त्री जनार्दन शर्माले आफैं राजीनामा नदिएको भए प्रधानमन्त्रीले हटाउनै नसक्ने ठोकुवा गरे । 

त्यस्तै  वर्तमान सरकारलाई अब स्वीकार गर्न नसकिने उनले बताएका छन् । देशको साँचो लिएर सरकार लुट्ने काममा लागेको र चुनावमा धाँधली गर्ने काम गरेको भन्दै वर्तमान सरकार स्वीकार्य हुन नसक्ने बताएका छन् । ओलीले वर्तमान गठबन्धन सरकार बनेपछि एउटा पनि राम्रो काम गरेको उदाहरण नभएको उल्लेख गर्दै सरकार अविलम्ब हट्नुपर्ने उल्लेख गरे । वर्तमान सरकार नराम्रा कामको थुप्रो भएको उनको भनाई छ ।

 ओलीले हतियार उठाउन परेको कारण अहिलेसम्म माओवादीले दिन नसकेको बताए । उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिको सपना देखाएर प्रचण्डपथका नाममा आफ्नो स्वार्थ सेकेको आरोप लगाए । 

ओलीले जनआन्दोलन अन्तिम दिन बैशाख ११ मा पूर्व राजा ज्ञानेन्द्र शाहले गरेको सम्बोधनको ड्राफ्ट आफूले तयार गरेको दाबी समेत गरे ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ५ : ०१ बजे

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक

चालक तथा सहचालकको सुरक्षाका लागि कडा कानून बनाउन माग

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले सवारी दुर्घटना