राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक कमिटीको पहिलो बैठक सम्पन्न « Khabarhub

राष्ट्रिय खेलकुद प्रतियोगिता मूल आयोजक कमिटीको पहिलो बैठक सम्पन्न


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आगामी असोज २८ देखी कात्तिक ३ गतेसम्म आयोजना गरीने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमै सम्पन्न हुने युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले बताएका छन्  । शुक्रबार काठमाडौंमा सम्पन्न प्रतियोगिता मूल आयोजक कमिटीको पहिलो बैठकमा मन्त्री अथकले तोकिएको मितिमै प्रतियोगिता सञ्चालन हुने बताएका हुन् ।

कोभिडका कारण लामो समयदेखि रोकिएको प्रतियोगिता सञ्चालन गरेर खेलकुद क्षेत्रमा देखिएको नैराश्यता हटाउनुपर्ने उल्लेख गर्दै मन्त्री अथकले भव्य रुपमा प्रतियोगिता सञ्चालन हुनेमा ढुक्क हुन आग्रह समेत गरे।
‘यो प्रतियोगिताका लागि छिटोभन्दा छिटो खेलाडी छनोट गरि प्रतियोगिता सञ्चालन गर्ने छौं । उपयुक्त मौसमलाई छनोट गरि दशैँ सकेर प्रतियोगिता सञ्चालन हुने छ । त्यसले खेलाडीलाई झनै खुशी दिने छ’ मन्त्रीअथकले भने, ‘मौसम विज्ञसँग छलफल गरेर मिति तय गरेका छौं, निर्धारित मितिमै प्रतियोगिता सम्पन्न हुन्छ ।’

मन्त्री अथकले प्रतियोगिता आयोजनाका लागि पोखरामा भौतिक पूर्वाधार निर्माण कार्य भइरहेको र केही खेलका लागि संरचना अभाव हुने देखिए पनि त्यसको व्यवस्थापनका लागि गृहकार्य भइरहेको बताए ।

गण्डकी प्रदेशको पोखरामा असोज २८ देखि कात्तिक ३ गतेसम्म आयोजना हुने प्रतियोगिताको तयारी स्वरुप युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक) ले शुक्रबार मूल आयोजक समितिको पहिलो बैठक बोलाएका हुन् ।

बैठकमा राष्ट्रिय खेलकुद परिषदका पदाधिकारी, सातवटै प्रदेश खेलकुद परिषदका सदस्य सचिव, विभिन्न खेल संघका प्रतिनिधि तथा ३ वटा विभागीय टिम र एनआरएन का प्रतिनिधिको सहभागिता रहेको थियो । प्रतियोगितामा सात प्रदेश, तीन विभाग र एनआरएन समेत गरी ११ टिमले सहभागिता जनाउने छन । 

बैठकले प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न विभिन्न निर्णयहरू पारित गरेको छ । मन्त्री अथकको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले पेश गरेका विभिन्न प्रस्ताव सर्वसम्मतले पास गरेको हो । जसअन्तर्गत प्रतियोगितामा ११ वटा टिम सहभागी गराउने, विभिन्न ३६ वटा विधामा प्रतियोगिता सञ्चालन गर्ने, प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने,, १४ वटा उपसमिति गठन गर्ने लगायतका निर्णयहरू रहेका छन । 

पहिलो बैठकका मुख्य निर्णयहरु :

१) आगामी असोज २८ देखि कात्तिक ३ सम्म पोखरामा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्ने । 

२) प्रतियोगिता सञ्चालनका लागि राष्ट्रिय खेलकुद प्रतियोगिताका सदस्य सचिवको संयोजकत्वमा कार्यकारी समिति गठन गर्ने । ३) प्रतियोगिताका लागि १४ वटा उपसमिति गठन गर्ने । 

४) प्रतियोगितामा ७ वटा प्रदेश, विभागीय टिम र एनआरएन गरी ११ टिम सहभागी गराउने । 

५) प्रतियोगितामा विभिन्न ३६ विधामा प्रतिष्पर्धा गराउने । 

६) नवौं राष्ट्रिय खेलकुद प्रतियोगितादेखि लागू हुने गरी मुख्य ट्रफी निर्माण गरिने । र उक्त ट्रफीलाई विभागीय टिमसँगै ७ वटै प्रदेशमा टुरमा लैजाने । 

७) लगातार तिन वटा प्रतियोगिता विजेतालाई ट्रफी प्रदान गरिने । 

८) प्रतियोगिताका लागि ६० करोड बजेट स्वीकृत । 

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ६ : १३ बजे

रास्वपाले धेरै कुरा सिक्न बाँकी रहेछ, आगामी दिनमा सच्चिन्छौं : अशोक चौधरी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य अशोक चौधरी आज

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट