पूर्वपर्यटनमन्त्री शेर्पा सवार गाडी दुर्घटना, तीन घाइते « Khabarhub

पूर्वपर्यटनमन्त्री शेर्पा सवार गाडी दुर्घटना, तीन घाइते


२४ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता सवार गाडी दुर्घटनामा परेको छ । पूर्वपर्यटनमन्त्री कृपाश्वर शेर्पा सवार गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा पूर्वपर्यटन मन्त्री शेर्पा सामान्य घाइते भएका छन् । उनीसँगै सवार एमाले पोलिटब्यूरो सदस्य गोकुल घर्ती, आदिवासी जनजाति महासङ्घका महासचिव पेम्बा गुरुङ र आदिवासी जनजाति उपमहासचिव देवराज राई घाइते भएका छन् ।

घाइतेको उद्धार गरी सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । प्राथमिक उपचारपछि घाइते तीनलाई हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौँ लैजाने तयारी गरिए पनि मौसमका कारण हेलिकप्टर असम्भव भएपछि एम्बुलेन्समार्फत काठमाडौँ लगिने तयारी गरिएको छ । घाइते तीनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ प्रदेश नं १ को विस्तारित बैठकमा भाग लिन धनकुटा जाने क्रममा मदनभण्डारी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–१४ चन्दनपुरमा उनीहरू सवार गाडी दुर्घटनामा परेको थियो । प्रहरीका अनुसार उनीहरू सवार बा २ च ९००३ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १५ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७९, शुक्रबार  ७ : ०४ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन