विश्वको दोस्रो अग्लो हिमाल केटुमा आरोहीको आकर्षण | Khabarhub Khabarhub

विश्वको दोस्रो अग्लो हिमाल केटुमा आरोहीको आकर्षण

‘सगरमाथा नजिकै रहेको केटू पाकिस्तानी आम्दानीको स्रोत पनि हो’


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पाकिस्तानमा पर्ने संसारको दोस्रो अग्लो हिमाल केटुमा यस वर्ष सबैभन्दा धेरैले आरोहण गरे । कोरोना महामारी सुरु भएपछि ओरालो लागेको केटु आरोहणको क्रम एकाएक बढेपछि यसले धेरैलाई उत्साहित तुल्याएको छ ।

गीलजीट बालजिस्तानका अधिकारी साजी हसेनेलले जनाए अनुसार उक्त हिमाल आरोहण गर्न २ सय ७ जनालाई अनुमति प्रदान गरिएको छ। कारा कोरम शृङ्खलामा पाकिस्तानको पाँच वटै ८ हजार मिटरभन्दा माथिको उचाइमा हिमाल रहेका छन् ।

समुद्री सतहबाट ८ हजार ६ सय ११ मिटर उचाइमा रहेको यस हिमाल आरोहण प्राविधिक रूपमा सगरमाथाभन्दा कठिन रहेको पर्वतारोहण विज्ञको मत छ ।

जुलाई महिना हिमाल आरोहणका लागि तुलनात्मक रूपले सबैभन्दा सहज महिना हो भने गत वर्षभन्दा पाकिस्तानको राजनीति पनि स्थिर मानिएको छ । यसकारण पनि त्यहाँ आरोहण गर्नेको सङ्ख्या उच्च भएको जनाइएको छ ।

गएको दुई वर्ष कोरोना महामारीका कारण हिमाल आरोहण खासै भएन । यस समयमा आरोहणका लागि धेरैले पैसा जम्मा गरेर राखेका कारण यस वर्ष धेरै आरोहण भएको पनि हुन सक्छ । केटु हिमाल कठिन हुनुका बावजूद सगरमाथाको आरोहरणभन्दा सस्तो छ । यसै कारण मानिसको ध्यान अब धेरै केटुतिरै मोडिएको त होइन भन्ने आशङ्का धेरैलाई छ ।

यस सिजनमा यस कठिन हिमाल आरोहणमा केही महत्त्वपूर्ण कीर्तिमानी पनि बनेका थिए । ताइवानका ग्रस जेगले विना अक्सिजन केटुको सफल आरोहण गरेका थिए ।

सगरमाथा आरोहणका लागि ११ हजार डलर तिर्नुपर्छ । राजधानी काठमाडौं पुगेपछि त्यहाँबाट हिमालसम्मको खर्च, कपडा सामग्री खाना र स्थानीय शेर्पाको शुल्कसहित सबै गर्दा यो केटु भन्दा धेरै महँगो हुन आउँछ । केटुको अनुमति लिन ७ हजार २ सय डलरबाट पनि सम्भव छ ।

कारा कोरम एक्सपिडिसनका संस्थापक मिर्जा अली यस वर्ष धेरै जनाले अनुमति लिएको मात्र होइन, २० जना महिलाले त आरोहण नै गरिसकेको बताएका छन् । यी महिलाको समूहमा पाकिस्तानकै समना बेग पनि सामेल छिन् । संसारका सबै महादेशका दोस्रो ठूलो हिमाल आरोहणको अभियानमा रहेकी अमेरिकाकी जे डमन्ड पनि यसै सूचीमा छिन् । यो ऐतिहासिक सफलता हात पार्ने क्रममा डमन्डको केटु अन्तिम हिमाल आरोहण थियो ।

यस सिजनमा यस कठिन हिमाल आरोहणमा केही महत्त्वपूर्ण कीर्तिमानी पनि बनेका थिए । ताइवानका ग्रस जेगले विना अक्सिजन केटुको सफल आरोहण गरेका थिए । २२ जुलाईका दिन शिखरमा पुगेर उनले केटु आरोहण गर्ने पहिलो ताइवानीमा कीर्तिमान कायम गरेकी थिइन् । २९ बर्षीया उनी केटु आरोहण गर्ने संसारकै सबैभन्दा कान्छी महिलाको रूपमा कीर्तिमान पनि कायम गर्न सफल भइन् ।
उनलाई आरोहणमा नेपालका पर्वतारोही ग्याल्जेन शेर्पा र निङ्मा दोर्जे तामाङले साथ दिएका थिए ।

त्यसै दिन नर्वेकी क्रिस्टिना हारिला पनि केटुको शिखरमा पुगेकी थिइन् । उनलाई नेपालका पासडोवा शेर्पाले साथ दिएका थिए ।
त्यस दिन कीर्तिमानको ओइरो नै लागेको थियो । अफसानेहा हेसामीफसादले पनि त्यसै दिन केटु आरोहण गरेकी थिइन् । केटु आरोहण गर्ने उनी पहिलो इरानी महिलाको रूपमा कीर्तिमान कायम गर्न सफल भएकी हुन् । त्यस दिन आरोहण गर्नेमध्ये सबैभन्दा धेरै नेपाली थिए ।
उनीहरूकै साथ र सहयोगमा अन्य धेरै देशका आरोही केटुको टुप्पोमा पुगेका थिए ।

संसारका १० अग्ला हिमालमध्ये पाकिस्तानमा केटुसहित नङ्मा पर्वत पनि पर्छ । यसैगरी नेपालमा सर्वोच्च शिखर सगरमाथाका अलावा कञ्चनजङ्गा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनासलु र अन्नपूर्ण अग्ला १० हिमालको सूचीमा छन् ।

गम्भीर दुर्घटनाको सम्भावना पनि प्रबल हुन सक्छ । उत्कृष्ट आरोही नभई केटु आरोहण लगभग असम्भव नै हो । त्यसो त संसारका हरेक हिमालहरू अनुमान गर्न कठिन खालका छन् ।

सगरमाथा र केटु नजिकै छन् । एउटा नेपालमा छ भने अर्को पाकिस्तानमा । यी दुवै हिमालका केही विशेषता छन् । सगरमाथा नेपालको सान रहेको मात्र छैन । आम्दानीको एउटा प्रमुख स्रोत पनि हो । केटु पनि पाकिस्तानको त्यत्तिकै भरपर्दो आम्दानीको स्रोत हो ।

नेपालको भिसा प्रक्रिया सहज छ । यसकारण केटुभन्दा सगरमाथा आरोहण सहज मानिन्छ । दोस्रो एभरेस्ट बेसक्याम्प सम्मको यात्रा र त्यहाँको स्थानीयबाट प्राप्त हुने सहयोगका कारण मानिसलाई अप्ठेरो महसुस हुँदैन ।

केटुलाई प्राविधिक रूपले साँच्चै कठिन मानिन्छ । केटु आरोहणका क्रममा स्थानीयको सहयोगको खासै सम्भावना देखिँदैन ।

सगरमाथा आरोहण गर्दा धेरै स्लोप छन् । यी स्लोपले आरोहणलाई सहज बनाएको छ । त्यहाँ केही बाधा अड्चन नभएका होइनन् । हिलारी स्टेप र खम्बु आइसफलमा साँच्चै कठिनाइ हुन सक्छ । यस्ता कठिनाइ केटु आरोहणको प्रत्येक पाइलामा छ ।

६ हजार मिटरभन्दा माथि पुगेपछि पक्कै पनि कठिनाइ उत्पन्न हुन सक्छ । यसका लागि सहयोगी दस्ताको पनि त्यत्तिकै आवश्यकता पर्छ । सगरमाथाको हकमा यस्ता सहयोगी दस्ता धेरै नै छन् ।

सहयोगी दस्ता चाँडो नै त्यहाँ पुग्न सक्छन् । केटु एक्लो हिमाल हो । केटुको हकमा यो सम्भावना देखिएको छैन । यहाँ अप्ठेरो भएमा सहयोगी दस्ता पुग्न धेरै नै समय लाग्छ ।

धेरै वर्षदेखि सगरमाथा लोकप्रियताको शिखरमा छ । यही लोकप्रियताका कारण संसारका शिखर आरोहणसँग सम्बन्धित धेरैलाई आकर्षित गरेको छ । यो आकर्षणका कारण यात्रालाई सहज बनाउन धेरै उपाय पनि अवलम्बन गरिएका छन् ।

उनीहरूले स्थानीय ‘सर्ट रोप’को अवधारणा अगाडि ल्याएका छन् । यो अवधारणाले हिमाल आरोहण सहज बनाएको छ । त्यसको बदलामा केटु कठिन र दुर्गम मानिन्छ । त्यहाँ धेरै कुरा अनिश्चित छ । टिममा रहेका हरेक पर्वतारोही एकदमै दक्ष हुन आवश्यक छ ।

अन्यथा गम्भीर दुर्घटनाको सम्भावना पनि प्रबल हुन सक्छ । उत्कृष्ट आरोही नभई केटु आरोहण लगभग असम्भव नै हो । त्यसो त संसारका हरेक हिमालहरू अनुमान गर्न कठिन खालका छन् । केटु त अझ धेरै उत्तरी भेगमा भएका कारण अनुमान गर्न अझ धेरै कठिन छ ।

यी कठिन हिमालमध्येको एक माउन्ट केटुमा पछिल्लो समय आरोहीको सङ्ख्या बढ्नु त्यहाँको लागि पक्कै सुखद हो। पर्यटन क्षेत्रका अन्य स्थानमा पनि मानिसको आकर्षण बढे पक्कै पनि पछिल्लो समय ध्वस्त अर्थतन्त्रमा केही राहत हुने अपेक्षा गर्न सकिन्छ ।

केटुका साथमा अन्य केही हिमाललाई पनि उत्तिकै खतरनाक र डरलाग्दा हिमालको कोटीमा राख्ने गरिएको छ । ८ हजार ९१ मिटरको उचाइ भएको यो हिमालको उचाइ पहिलो ३ जुन १९५० मा लिइएको हो । मानिसले आरोहण गरेको ८ हजार मिटरको सबैभन्दा पहिलो हिमाल नै यही । त्यसका बाबजुद यसलाई आरोहणका लागि सहज हिमाल भने मानिँदैन ।

यसैगरी नङ्मा पर्वतलाई पनि त्यत्तिकै कठिन हिमालको रूपमा सूचीकृत गरिएको छ । यसलाई किलर माउन्टेन पनि भनिन्छ । तीब्बती भाषामा यसलाई डाइमर पनि भनिन्छ । ३ जुन १९५३ मा पहिलोपटक आरोहण भएको यस हिमालको पनि सफल आरोहणको सम्भावना न्यून छ ।

संसारको तेस्रो अग्लो हिमाल कञ्चनजंगा पनि आरोहणका लागि कठिन मानिन्छ । सन् २०१० को तथ्यांक त भयावह नै थियो । त्यस वर्ष सार्वजनिक भएको तथ्याङ्कमा मृत्युदर २० प्रतिशत थियो ।

आरोहणका लागि कठिन मानिनुका बाबजुद यसका केही ऐतिहासिक पाटा छन् । सन् १९२५ मै यस हिमालमा यती थियो भन्ने चर्चा चलेको थियो । जबकि, त्यहाँको आरोहण धेरै पछि शुरु भएको हो ।

स्वीजरल्यान्ड र इटालीको बीचमा रहेको म्यानहर्न अर्को कठिन हिमाल मानिन्छ । यसको मृत्युदर पनि धेरै भएको जनाइन्छ । स्वीजरल्यान्डको आयगर हिमाल सन् १९३८ मा पहिलो पटक आरोहण भएको हो । यसको उचाइ ४ हजार मिटरभन्दा पनि कम छ । यसका बाबजुद त्यहाँको मृत्युदर बढी छ । यसै गरी डेनाली, माउन्ट निसन र माउन्ट वासिङ्टन कठिन हिमालमा मानिन्छन् ।

यी कठिन हिमालमध्येको एक माउन्ट केटुमा पछिल्लो समय आरोहीको सङ्ख्या बढ्नु त्यहाँको लागि पक्कै सुखद हो । पर्यटन क्षेत्रका अन्य स्थानमा पनि मानिसको आकर्षण बढे पक्कै पनि पछिल्लो समय ध्वस्त अर्थतन्त्रमा केही राहत हुने अपेक्षा गर्न सकिन्छ ।
(सीएनएनएन, माउन्ट एभरेस्ट टुडे, माउन्टेन होम्स, आरसीयो ट्रेक लगायतका विभिन्न रिपोर्टमा आधारित रही तयार पारिएको।)

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : ०५ बजे

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

काठमाडौं– गुल्मीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ।  दुर्घटनामा

‘आगलागी न्यूनीकरणमा सरकार किन असंवेदनशील ?’

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले देशका विभिन्न ठाउँमा

पौडीपछि विवाद समाधानको बाटोमा टेबल टेनिस

नेपालमा लामो समय विवादमा रहेको पौडी सङ्घ विवाद समाधानको बाटोमा

ओलीसँग मिल्न तयार भइसकेका माधव नेपाल फेरि किन बिच्किए?

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुईपटक संसद् विघटन

एक संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संसदीय समितिको बैठक बस्दै छ । आज विकास, आर्थिक