एक हजार भन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा | Khabarhub Khabarhub

एक हजार भन्दा बढीले लिए निःशुल्क स्वास्थ्य सेवा


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका एक हजार भन्दा बढी ज्येष्ठ तथा अशक्त नागरिकले घरमै निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । 

गाउँपालिकाले सुरु गरेको ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमबाट पालिकाभित्रका एक हजार एक सय दुई जना लक्षित वर्गले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए । 

स्वास्थ्य सेवा लिएकामध्ये छ सय ५६ महिला र चार सय ४६ पुरुष रहेको उनले बताए । त्यसबाहेक स्वास्थ्य उपचार सेवा लिएकामा थाइराइड, मुटुरोग तथा मिर्गौला रोगका समस्या भएकाहरू समेत रहेको पाइएको उनले बताए । कार्यक्रम अन्तर्गत असार महिनामा पहिलो पटक पालिकाभित्रका सबै वडामा पुगेर स्वास्थ्य परीक्षण गर्दा ज्येष्ठ तथा अशक्त नागरिकमध्ये २६८ जनामा उच्च रक्तचाप भएको पाइएको स्वास्थ्य शाखा प्रमुख खनालले बताए । त्यसबाहेक लक्षित अन्य ६०५ जनाको पनि स्वास्थ्यपरीक्षण गरिएको शाखा प्रमुख खनालले बताए ।

‘अबदेखि हरेक महिना निरन्तर ज्येष्ठ तथा अशक्त नागरिक घरदैलोमा पुगेर नियमित स्वास्थ्यपरीक्षण गछौँ’, उनले भने । नियमित रुपमा औषधि सेवन गर्नुपर्ने बिरामीलाई आवश्यकता आधारमा औषधिसमेत उपलब्ध गराउने व्यवस्था गरिएको छ । कार्यक्रमबाट पालिकाभित्र बसोबास गर्ने ज्येष्ठ तथा अशक्त नागरिकको पहिचानसँगै उनीहरुको स्वास्थ्य अवस्था नियमित जानकारी लिन सजिलो भएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराको भनाइ छ । 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ५ : १२ बजे

कांग्रेस नेताहरूमाथिको कारबाही अवैधानिक र प्रतिशोधपूर्ण : कोइराला समूह

काठमाडौं– नेपाली कांग्रेसका नेता डा.  शेखर कोइराला समूहका नेताहरूको बैठकले

विद्यालयलाई आर्थिक सहयोग

तनहुँ– नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको एक विद्यालयलाई सहयोग गरेको

सिरहाका विपन्न परिवारलाई ग्यास चुलो वितरण

सिरहा– सिरहाको बरियारपट्टि गाउँपालिका–३ दलित बस्तीका विपन्नलाई ग्यास सिलिण्डरसहितको चुलो

वडा कार्यालयमा आगलागी, आठ लाख बराबरको क्षति

तनहुँ– तनहुँको शुक्लागण्डकी नगरपालिका– ११ को वडा कार्यालयमा बुधबार विद्युत्

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बिहीबार बस्दैछ । बैठक