‘संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा पत्रकारितामार्फत सहयोग पुर्‍याउनुपर्छ’ « Khabarhub

‘संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा पत्रकारितामार्फत सहयोग पुर्‍याउनुपर्छ’


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यलाई सम्मान गरिएको छ । प्रेस सेन्टर नेपाल, ललितपुर जिल्ला शाखाद्वारा आज आयोजित कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का नेता तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नवनिर्वाचित सबै पदाधिकारीलाई सम्मान तथा कार्यकालको शुभकामना व्यक्त गरिन्।

सो अवसरमा मन्त्री भुसालले नवनिर्वाचित पदाधिकारीले परिवर्तनका पक्षमा निरन्तर कलम चलाउने पत्रकारको हकहितका लागि आवाज उठाउने विश्वास व्यक्त गरिन् । उनले आगामी दिनमा सङ्गठनले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा पत्रकारितामार्फत सहयोग पुर्‍याउनुपर्नेमा जोड दिँदै भनिन्, ‘यो परिवर्तन हामीले ल्याएका हौँ, हामीले नै यसको रक्षा गर्नुपर्छ ।’

जनयुद्धका समयमा रेडियो गणतन्त्र स्थापना गरेर गणतन्त्रको आवाज उठाएको स्मरण गर्दै मन्त्री भुसालले भनिन्, ‘जनयुद्धका बेला पत्रकार कलमी सेना हुनुहुन्थ्यो, यहाँहरूले गणतन्त्र स्थापना गर्नका लागि महत्वपूर्ण योगदान गर्नुभएको छ, यसलाई संवर्द्धन गर्नका लागि पनि यहाँको महत्वपूर्ण भूमिका रहन्छ ।’ उनले सहमतिबाट पदाधिकारी चयन गरी सङ्गठनलाई केन्द्रिकृत एवं एकीकृत गरेकामा ‘प्रेस सेन्टर नेपाल’ लाई बधाइ ज्ञापन गरेकी  थिइन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ४४ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको