वरिष्ठ लोक गायक कडायतको परिवारलाई आर्थिक सहयोग « Khabarhub

वरिष्ठ लोक गायक कडायतको परिवारलाई आर्थिक सहयोग


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ लोक तथा देउडा गायक हरिश्चन्द्र कडायतको १३औं दिनको पुण्य तिथिमा परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश कार्यसमितिले आज गौरीगंगा नगरपालिका-६ बनबेहडास्थित कडायतको घरमा शोकसभाको आयोजना गर्दै सहयोग प्रदान गरेको हो ।

प्रतिष्ठान प्रदेश अध्यक्ष पदमबहादुर धामीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय पदाधिकारी एवं पूर्व प्रदेश संयोजक सुरत रावत (डोटेली कान्छा), प्रतिष्ठान केन्द्रीय सदस्य नवीन सिंह धामी, प्रदेश प्रथम उपाध्यक्ष दीर्घ फुलारालगायतले कडायतप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

डोटेली कान्छाले लोक संगीतका धरोहर गुमाउँदा अत्यन्तै मर्माहत बनाएको बताए । उनले कडायतको गायकीको चर्चा गरेका थिए । शोक सभामा प्रतिष्ठानको नेपाल कलाकार कल्याणकारी कोषबाट प्राप्त २५ हजार नगर रकम स्वर्गीय कडायतका परिवारजनलाई हस्तान्तरण गरिएको थियो ।

शोक सभामा गौरीगंगा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष टेकबहादुर कुँवर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष पूर्ण भाट, प्रदेश सदस्य लोकेश खनाल, कोमल ओली, माधवी घर्तीमगर, कल्पना ढुङ्गाना, प्रतिष्ठान बैतडी जिल्ला अध्यक्ष प्रेमबिबश चन्द लगायतको उपस्थिति रहेको थियो । 

बझाङ जिल्लाको छबिस पाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका ५४ वर्षको उमेरमा मस्तिष्कघातका कारण धनगढीस्थित सेती प्रादेशिक  अस्पतालमा कडायतको निधन भएको थियो ।

 

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ६ : ५५ बजे

नौ महिनामा वीरगञ्ज भन्सारबाट करिब ७ अर्बको सामान आयात

वीरगञ्ज– वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को नौ महिनामा

एम्बाप्पे र भिनिसियस चम्किएपछि म्याड्रिडको जित: अलाभेस पराजित

काठमाडौँ – स्पेनिस ला लिगा अन्तर्गत बुधबार बिहानको खेलमा रियल

पहाडी भूभागमा आंशिक बादल, तराई क्षेत्रमा तातो लहरको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानसँगको युद्धविराम अवधि लम्ब्याउने ट्रम्पको घोषणा, नाकाबन्दी कायमै रहने

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्धविरामको अवधि

हैदराबादको ‘हाइ–स्कोरिङ’ खेलमा अभिषेकको आक्रामक शतक : दिल्ली ४७ रनले पराजित

हैदराबाद– युवा प्रारम्भिक ब्याटर अभिषेक शर्माको विष्फोटक अविजित शतकको मद्दतले