‘आदिवासीलाई राज्यको मूल प्रवाहमा ल्याउँनुपर्छ’ « Khabarhub

‘आदिवासीलाई राज्यको मूल प्रवाहमा ल्याउँनुपर्छ’


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आदिवासी जनजाति समुदायको उत्थान प्रवर्द्धन गरी उनीहरूलाई राज्यको मूल प्रवाहमा ल्याउनुपर्ने बताएका छन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घले आज आयोजना गरेको  ‘विश्व आदिवासी दिवस विशेष भेला’ मा उनले नेपालको राष्ट्रियताको आन्दोलनमा आदिवासी जनजातिको महत्वपूर्ण भूमिका रहेको बताउँदै उनीहरूको अधिकार र पहिचानका लागि विशेष महत्व दिनुपर्ने धारणा राखे । 

महामन्त्री थापाले नेपालको जातजाति, भाषाभाषी, संस्कृतिको विकास नभएसम्म मुलुक समृद्ध नहुने भन्दै समानुपातिक समावेशिताको नीतिअनुरूप नेपालको विकास र समृद्धिको यात्रालाई अघि बढाइनुपर्नेमा जोड दिए । उनले कांग्रेसका आदर्शवादी नेता भीमबहादुर तामाङको ‘पहिचान भेटिने र जातीय द्वन्द्व मेटिन’ नारालाई आत्मसात् गरेर जनजाति आन्दोलनलाई अघि बढाउनुपर्ने खाँचो औँल्याउँदै सङ्गठनलाई क्रियाशील बनाएर विचार निर्माण गर्ने नयाँ अभियानमा भूमिका खेल्न आग्रह गरे ।

नेपालको आदिवासी आन्दोलनमा कांग्रेसको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै महामन्त्री थापाले कांग्रेसको स्थापना र प्रजातान्त्रिक आन्दोलनका दौरानमा आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेको बताए । 

नेता थापाले आगामी मङ्सिर ४ गते घोषित आम निर्वाचनमा पार्टीलाई बलियो बनाउन आवश्यक तयारीस्वरूप यही साउन ३० र ३१ गते देशभरका स्थानीय तहका प्रमुखलाई राजधानी बोलाएर प्रशिक्षण दिइने तथा भदौ २ गते देखि २४ गतेसम्म कांग्रेसका सबै नेतालाई जिल्लामा पठाउने पार्टीले निर्णय गरेको पनि जानकारी दिए ।

कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देबेले आदिवासी जनजाति समुदायको उत्थान प्रवर्द्धन र हकहितका विषयमा सबै आदिवासी समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा बढीभन्दा बढी जनजाति समुदायको प्रतिनिधित्व सुनिश्चित गराउन पनि सबै सक्रिय हुनुपर्ने धारणा राखे ।

कार्यक्रममा कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जातीय विविधता र संस्कृति नेपालको पुँजी हो भन्दै समानता र समावेशीकरणको सिद्धान्तअनुरूप आदिवासीको हित प्रवर्द्धनमा सबै जुट्नुपर्ने बताए । प्रवक्ता महतले कांग्रेस हरेक नागरिकको अधिकार र लोकतान्त्रिक मूल्यमान्यतासहितको कानुनी शासनप्रति विश्वास राख्ने पार्टी रहेको भन्दै नेपालको पहिचानका रुपमा रहेका आदिवासी जनजातिको अधिकारका लागि आगामी दिनमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।

कांग्रेस बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले नेपाल सबै जातजाति र समुदायको साझा फूलबारी भएको भन्दै राज्यबाट प्राप्त हुने सबैखाले अवसर र सेवामा समानुपातिक सहभागिताको सुनिश्चितता हुनुपर्नेमा जोड दिए । कांग्रेस नेता दिलमान पाख्रिनले कांग्रेसले आदिवासी जनजातिलाई समेटेर पहिचान भेटिने र द्वन्द्व मेटिनेगरी अधिकार र पहिचानको मुद्दालाई प्रभावकारीरूपमा अघि बढाएको उल्लेख गरे ।

कांग्रेस केन्द्रीय सदस्य जिपछिरिङ लामाले आदिवासी जनजातिको अधिकार र पहिचानका लागि राज्यले विशेष ध्यान दिनुपर्ने खाँचो औँल्याए  । अर्का केन्द्रीय सदस्य सीता गुरुङले आदिवासी जनजातिको हितमा वर्तमान सरकारले महत्वपूर्ण काम गरिरहेको भन्दै अघिल्लो सरकारले कटौती गरेका आदिवासी दिवसको बिदा अहिलेको सरकारले क्यालेन्डरमै समावेश गरेर आदिवासीप्रति सम्मान प्रकट गरेको बताए ।

कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामा, नेता अमरसिंह पुन, नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङशेर्पा लगायतले आदिवासी जनजातिको पहिचान र अधिकारलाई स्थापित गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताए । सो अवसरमा विभिन्न जातीय पहिचान झल्किने झाँकी प्रस्तुत गरिनुका साथै आदिवासी समुदायको गीतसङ्गीत र नृत्य पनि प्रस्तुत गरिएको थियो । सोही अवसरमा शेर्पा समुदायको तर्फबाट कांग्रेस महामन्त्री थापा र सहमहामन्त्री आङ्देम्बेलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : १४ बजे

धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’ : आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

काठमाडौं– टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित

एमालेका विशेष जिल्ला इन्चार्ज रमेशको बिदाइ, समीकको स्वागत 

काठमाडौं– नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा नयाँ इन्चार्जको

अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक

एजेन्सी– संयुक्त राज्य अमेरिकाले सार्वजनिक कल्याण र लाभको सम्भावित दुरुपयोगको

टी-२० विश्वकप : टीसीएलले सार्वजनिक गर्‍यो दोस्रो चरणका विजेता

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा आयोजना हुने

जासुसी आरोपमा बेलायती कूटनीतिज्ञ निष्कासित

एजेन्सी – रुसी अधिकारीहरूले जासुसी गरेको आरोप लगाउँदै बिहीबार मस्कोस्थित