पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुग्यो « Khabarhub

पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुग्यो


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी पुगेको सरकारी तथ्यांक सार्वजनिक भएको छ ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार गत आर्थिक वर्षमा पाकिस्तानको चालु घाटा १७ अर्ब ४० करोड अमेरिकी डलर पुगेको छ ।

यो पाकिस्तानी अर्थतन्त्रको ४ दशमलब ६ प्रतिशत रहेको जनाइएको छ । विश्व बजारमा बढ्दो इन्धनको मूल्यका कारण चालु घाटा बढेको हो ।

गत मे महिनामा पाकिस्तानले १ अर्ब ४० करोड अमेरिकी डलरको इन्धन आयात गरेकोमा जुन महिनामा यो बढेर २ अर्ब ९० करोड अमेरिकी डलर पुगेको डनले जनाएकोे छ ।

द्विपक्षीय एवम् बहुपक्षीय दाताबाट आउने विदेशी मुद्राको प्रवाह घटेको एवम् विदेशी लगानी पनि कम हुँदै गएका कारण विदेशी मुद्राको सञ्चिती कम हुँदै जान थालेकाले पछिल्लो केही महिनायता पाकिस्तानी मुद्रामाथि दबाब पैदा भएको विश्लेषण गरिएको छ ।

यसबाट मुलुकमा तीव्र मुद्रास्फीतिको अवस्था आएको छ भने पाकिस्तानले अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफसँग पनि सहयोगको याचना गरिरहेको छ ।

यद्यपि मुलुकमा जारी राजनीतिक अस्थीरताले पाकिस्तानी अर्थतन्त्र अझ समस्यामा पर्ने चिन्ताहरु उत्पन्न हुन थालेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : १६ बजे

नैनसिंह महरलाई महामन्त्रीमा अघि बढाउने डडेल्धुरा कांग्रेसको सर्वसम्मत निर्णय

डडेल्धुरा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेता नैनसिंह महरलाई महामन्त्री पदको

पहिरोका कारण सोलुखुम्बु-काठमाडौं आवागमन बन्द

सोलुखुम्बु– सोलुखुम्बुको स्थलमार्गबाट प्रवेश गर्ने मुख्य नाकामा सडक भासिएपछि जिल्ला

राष्ट्रसङ्घको मुख्यालयमा ‘सगरमाथादेखि समुद्रसम्म’ नामक कार्यक्रम आयोजना

काठमाडौं- जलवायु परिवर्तन विषयलाई विश्वसामु बलियो रूपमा उठाउन नेपालले संयुक्त

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु