पहिरोले पाइप बगाउँदा मान्ममा खानेपानी अभाव  « Khabarhub

पहिरोले पाइप बगाउँदा मान्ममा खानेपानी अभाव 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मान्म- कालीकोट सदरमुकाम मान्म बजारमा खानेपानी अभाव भएको छ । खानेपानीको पाइप पहिरोले बगाउँदा सदरमुकाम मान्म बजारमा खानेपानीको अभाव भएको हो । सदरमुकाममा खानेपानी ल्याएको मुहान नजिकै पहिरो गएर खानेपानीका पाइप बगाउँदा सदरमुकाममा खानेपानीको अभाव भएको स्थानीय नृपराज शाहीले बताए।

“मान्म बजारमा व्यापार व्यवसाय गर्ने तथा अन्य झन्डै पाँच सय परिवारलाई खानेपानीको अभाव भएको छ ।” उनले भने, “सरकारी कार्यालय सेना तथा नेपाल प्रहरीले अहिले खानेपानी बाहिरबाट गाडीमा बोकेर ल्याउने गरेका छन् ।” सदरमुकाम मान्म बजारमा टाढाबाट खानेपानीको ल्याएको सधैँ खानेपानीको अभाव तथा पाइप बिग्रिने र चुँडिने गरेको अहिले पहिरोका कारणले खानेपानीको अभाव भएको खाँडा चक्र नगरपालिका–१ का वडाध्यक्ष धर्मराज ताम्राकारले बताए।

“पहिरोको दीर्घकालीन रोकथाम र खानेपानी आयोजनाको नियमितताका लागि पहल थालिएको छ ।” उनले भने, “पहिरोको रोकथाम तथा खानेपानी आयोजनाको सुरक्षा काम गर्ने र तत्कालका लागि पहिरोबाटै पाइप जडान गरेर खानेपानी नियमित गराउने तयारी भएको छ ।”

मान्म बजारमा सधैँ खानेपानीको समस्या रहेका कारणले तत्काल खानेपानी सुविधा पुर्‍याउनका लागि पहल थालिएको खाडाँचक्र नगरपालिका नगर प्रमुख कमलबहादुर शाहीले बताए। “खानेपानीका लागि तत्काल पहल थालिएको छ । एक दुई दिनमा सदरमुकाममा खानेपानीको समस्या समाधान हुन्छ ।” उनले भने, “दीर्घकालीन रूपमा खानेपानीको समस्या समाधान गर्नका लागि थप खानेपानी आयोजनाको कामको थालनी हुन्छ ।”

सदरमुकाम मान्म बजारमा हिउँदमा खानेपानीको मुहानमा पानीको कमी र वर्षामा पहिरो वा अन्य कारणले खानेपानीको समस्या हुने गरेको यसको सुरक्षा वा वैकल्पिक खानेपानी आयोजनाका सम्भाव्यता अध्ययन गरिने नगर प्रमुख शाहीले जानकारी दिए।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : २२ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको