खोटाङमा एक पुरुष मृत फेला  « Khabarhub

खोटाङमा एक पुरुष मृत फेला 


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङको खोटेहाङ गाउँपालिका–३ सावाकटहरे मझुवाटोलका नन्दराज सुर्केली दर्नाल मृत फेला परेका छन् । ३२ वर्षीय दर्नाल आइतबार बिहान ५ बजे आफ्नै घरभन्दा पछाडिको मतानमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । 

बिहान झिसमिसमा मतान पछाडिको बाटो हुँदै बाँदर धपाउन जाँदै गरेका छिमेकी चनबहादुर तामाङले दर्नाललाई झुण्डिएको अवस्थामा देखेर परिवारलाई खबर गरेका थिए । 

घटनाको जानकारी आएपछि इलाका प्रहरी कार्यालय खोटाङबजारबाट गएको प्रहरीले घटनास्थल मुचुल्का तयार पारेर शव पोस्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पठाएको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

दर्नाल शनिबार बजार गएर बेलुका घर फर्किएका थिए । उनका श्रीमती, तीन छोरा र दुई छोरी छन् । श्रीमती र छोराछोरी उठ्नु अगावै उनलाई छिमेकीले मृत फेला पारेका हुन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : २१ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग