एमाले बागमतीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने « Khabarhub

एमाले बागमतीले सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमाले बागमती प्रदेश संगठन कमिटीले  सबै जिल्लामा अग्रज सम्मान कार्यक्रम गर्ने भएको छ ।

सोमबार प्रदेश अध्यक्ष केशवराज पाण्डेको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा बसेको पदाधिकारी बैठकले प्रदेशभित्रका सबै जिल्लामा नेपालको कम्युनिस्ट आन्दोलनमा तथा समाजका विभिन्न क्षेत्रमा रहेर अतुलनीय योगदान गर्ने अग्रणी व्यक्तिहरूको खोजी तथा पहिचान गरी उनीहरूको सम्मानका लागी जिल्ला स्तरमा अग्रज सम्मान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।

बैठकले बुद्धिजीवीहरूको पनि कुरा सुन्ने निर्णय गरेको छ । बैठकले भाद्र १० गते काठमाडौँमा एक कार्यक्रम नै आयोजना गरेर बुद्धिजीवीका कुरा सुन्ने निर्णय गरेको छ । बैठकपछि प्रदेश कमिटीका उपसचिव एवं प्रचार विभागका प्रमुख महेश बर्तौलाले एक विज्ञप्ति जारी गर्दै बुद्धिजीवीहरूको आँखामा नेकपा एमाले विषयमा समाजमा विभिन्न क्षेत्रका बुद्धिजीवीको सहभागितामा उनीहरूको एमालेप्रतिको आलोचना, सुझाव र टिप्पणी संकलन गरिने जानकारी दिए ।

बैठकले प्रदेश लेखा समिति गठन गर्ने निर्णय समेत गरेको छ । प्रचार विभाग प्रमुख बर्ताैलाका अनुसार बैठकले बागमती प्रदेश जनसंगठनहरुको बैचारिक, राजनीतिक तथा संगठनात्मक कामलाई ब्यबस्थित र प्रभावकारी ढंगले अगाडि बढाउन प्रदेश जनसंगठन समन्वय संयन्त्रको बैठक तत्काल बैठक तत्काल बोलाएर कार्य योजना निर्माण गर्ने निर्णय पनि गरेको छ ।

बैठकले विधान बमोजिम प्रदेशका विभागहरूलाई पूर्णता दिएको छ । त्यस्तै बैठकले प्रदेश सल्लाहकार परिषद् निर्माणको लागि तीन दिन भित्र प्रदेश अन्तर्गतका सबै जिल्लाहरूलाई सल्लाहकार परिषद्मा समेट्नु पर्ने नेताहरूको नामावली दिन अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

बैठकले गठबन्धन सरकारको प्रत्यक्ष संलग्नतामा आकासिँदो महंगी, भ्रष्टाचार, कमिसन तन्त्र र माफिया करणको विरुद्ध सम्पूर्ण जिल्ला र पालिका तहसम्म दबाब खबरदारीसहितको आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

यस्तै बैठकले प्रदेश कमिटीमा रिक्त रहेको स्थानमा तथा एकता प्रक्रियाबाट पार्टीमा प्रवेश गरेका १० जनालाई मनोनीत गरेको छ । मनोनीत हुनेहरूमा श्रीधर पोखरेल, सुमित्रा राजबम्सी, अच्युत श्रेष्ठ, खेम भट्ट, गोपाल जि गुप्ता, मनरत्न शाक्य, सीता ढकाल, भुवन केसी, देबेन्द्र खत्री र सुरेश राना रहेका छन् ।

बैठकमा एमालेको बागमती प्रदेश इन्चार्ज काशीनाथ अधिकारी र सह इन्चार्जहरू कृष्ण गोपाल श्रेष्ठ, शेरबहादुर तामाङ र आनन्द पोखरेल पनि उपस्थित रहेका थिए ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ३८ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको