उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय गर्ने जिम्मा दलका नेतालाई « Khabarhub

उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय गर्ने जिम्मा दलका नेतालाई


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलले प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नियुक्तिका लागि अन्तिम निर्णय गर्ने जिम्मा दलको नेतालाई दिएको छ ।

माओवादी केन्द्र प्रदेशसभा दलको आज बसेको बैठकले उद्योगमन्त्री नियुक्तिको अन्तिम निर्णय दिने अधिकार दलका नेता तथा निवर्तमान मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दिने निर्णय भएको प्रमुख सचेतक कृष्णा शाहले जानकारी दिए। उनका अनुसार सत्ता गठबन्धन दलभित्र उद्योग, पर्यटन मन्त्रालय माओवादीको भागमा परेकाले उसैले मन्त्री नियुक्तिका लागि नाम सिफारिस गरेर पठाउनेछ ।

“माओवादी केन्द्रबाट विसं २०७८ माघ २३ गते कर्णाली प्रदेश सरकारको उद्योगमन्त्रीमा नियुक्त हुनुभएका गैरसांसद छिरिङ डम्डुल लामा (कार्चेन) लामाको छ महिनाको कार्यकाल आज सकिएको छ”, प्रमुख सचेतक शाहले भने, “उद्योगमन्त्रीको पद रिक्त भएपछि माओवादीले कसलाई मन्त्री बनाउने भन्ने छलफलका लागि आज दलको बैठक बसेको हो ।”

प्रमुख सचेतक शाहका अनुसार कसलाई मन्त्री बनाउने भन्ने विषयमा छलफल अगाडि बढेको छ । उनले देखाएको सङ्केतअनुसार डोल्पा ‘ख’ क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित वीरबहादुर शाहीलाई उद्योगमन्त्री बनाउने कोणबाट माओवादी केन्द्रले छलफल गरिरहेको छ ।

आज बसेको दलको बैठकमा विधेयकका विषयमा दलले धारणा बनाउने, पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय, सिञ्जा सभ्यता संरक्षण तथा विकास र कर्णाली नवप्रवर्तन विधेयक अगाडि बढाउने, संशोधन हाल्ने विषयमा पनि छलफल भएको भन्दै त्यसमा माओवादी केन्द्रका साथै गठबन्धन दलभित्र साझा धारणा बनाएर जाने विषयमा पनि छलफल भएको उनले बताए।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ७ : ५० बजे

कांग्रेसले पार्टीका वरिष्ठ नेता श्रेष्ठको निधनमा तीन दिन शोक मनाउने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमनत्री गोपालमान श्रेष्ठको

प्रधानमन्त्री र गृहमन्त्री सुनसरी घटनामा गम्भीर भएनन् : भिष्मराज आङ्देम्बे

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्देम्बेले सुनसरी

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल