चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट « Khabarhub

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी–सप्तरीको सप्तकोसी नगरपालिका–४ स्थित चन्द्रनहरको बाँध भत्किँदा दर्जनौँ घर डुबानमा परेको छ । स्थानीय अमाहा, जुटपानी, सत्रापत्र, ट्याङ्ग्रा लगायतका खहरे खोलामा आएको बाढी चन्द्रनहरमा पसेर बाँध भत्काएपछि बाढी आएको हो ।

अविरल वर्षाका कारण खहरे खोलामा आएको बाढीले नहर भत्किएको स्थानीयले जानकारी दिए । नहर भत्किँदा वडा न ४ का दर्जनौँ घर डुबानमा परेको हो ।

नहर भत्किएर पानी बस्तीमा पस्दा वडा नम्बर ४ का विष्णु राई, राम बहादुर विष्ट, कालिमाया राई, धनराज राई, भानुभक्त सापकोटा, वीरबहादुर मगर, नन्द राई, सकुनम राई, राम बहादुर बस्नेत लगायतका दर्जनौँ घर डुबानमा परी लाखौंको क्षति भएको स्थानीय गुणराज सापकोटाले जानकारी दिए ।उनका अनुसार घरहरूमा ६ फिटसम्म पानी जमेकोले सयौं मानिसहरू समस्यामा छन् ।

बाँध मर्मत सम्भारको कार्यमा चन्द्र नहर र नगरपालिकाले चासो नदिँदा डुबान क्षेत्रका बासिन्दाहरू सास्ती खेप्न बाध्य भएका हुन् ।

नगर क्षेत्रमा रहेका खहरे खोलामा ओभरफ्लो भई नहरमा खसेको र त्यसपछि नहर नै कटान गरी क्षतिग्रस्त बनायो बाढीपीडित राम बहादुर बस्नेतले भने, बाँध भत्किएर आएको बाढी बस्तीमा पस्दा सप्तकोसी नगरपालिकाका सयौं घर डुबानमा परेको छ भने सयौं बिघा धान खेती जलमग्न भएको छ ।

गत शनिबारको वर्षाले सप्तकोसी नगरपालिकाका वडा न १ देखि ११ वटै वडा प्रभावित भएको नगर प्रमुख कृष्ण प्रसाद ढकालले जानकारी दिए । वर्षाका कारण सप्तकोसी नगरपालिका वडा नम्बर १ को वडा कार्यालयमा पानी पसेर कम्प्युटर लगायत कार्यालयका कागज पत्र भिजेर नष्ट भएको कार्यालय सहयोगी राजकुमार रामले बताए । बाढीले वडा कार्यालय अगाडि रहेको अग्रवाल स्टोरको गोदाममा लाखौं खाद्यान्न सामाग्री भिजेर क्षति भएको सञ्चालक मनोज अग्रवालले बताए ।

बाढी बस्तीमा पस्दा समेत बाढी नियन्त्रणमा सरोकारवालाहरूले ध्यान नदिएको बाढीपीडितहरूले गुनासो गरेका छन् । चन्द्र नहर सिँचाइ डिभिजन कार्यालय र सप्तकोसी नगरपालिकामा बाँध निर्माण गर्न पटक–पटक गुहार माग्दा समेत सुनुवाइ नभएको बाढीपीडितहरू गुनासो गरे । चन्द्र नहरले बाँध कटान गरी ,मानव बस्तीमा बाढी पसेपछि नहरमा पानी बन्द गरिएको छ । खेतीको समयमा नहरको पानी बन्द हुँदा धानवाली नष्ट हुने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : १० बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा