डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते « Khabarhub

डोलेश्वरमा तीर्थालु बोकेको बस दुर्घटना, १४ जना घाइते


२३ श्रावण २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– साउनको चौथो सोमबार आज सूर्यविनायक नगरपालिका–८ सिपाडोलको प्रसिद्ध मन्दिर डोलेश्वर महादेव मन्दिरमा दर्शन गरेर फर्किएका यात्रु र स्थानीयवासी सवार यात्रुबाहक बस दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

डोलेश्वरबाट यात्रु बोकेर भक्तपुरतर्फ आउँदै गरेको बा ३ ख ३७८४ नम्बरको यात्रुबाहक बस आज वडा कार्यालय नजिकै सडकमै पल्टिँदा १४ यात्रु घाइते भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

डोलेश्वरबाट वडा कार्यालयतर्फ आउने क्रममा ओरालोमा बस आफैँ अनियन्त्रित भएर सडकमै पल्टिएको जानकारी दिँदै उनले बसले एक ट्याक्सीलाई समेत ठक्कर दिँदा सामान्य क्षति भएको बताए।

बस पल्टिएपछि स्थानीय बासिन्दाले उद्धार गरी अस्पताल पठाएको वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए। साँझ ६ बजे घाइतेको अवस्था बुझ्न डा इवामुरा मेमोरियल अस्पताल पुग्नुभएका वडाध्यक्ष बस्नेतले घाइते १४ जनामध्ये एक जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा र चार जनाको इवामुरा अस्पतालमा उपचार भइरहेको जानकारी दिए ।

उनले घाइतेमध्ये इवामुरा अस्पतालबाट पाँच जना र मध्यपुर अस्पतालबाट चार जनाको उपचारपछि घर पठाइएको जानकारी दिए। उनका अनुसार उपचाररत घाइतेको अवस्था गम्भीर भने नरहेको चिकित्सकले जानकारी दिएका छन् ।

प्रकाशित मिति : २३ श्रावण २०७९, सोमबार  ८ : ३३ बजे

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको

सुनसरी घटनाले सरकारको अयोग्यता प्रष्ट पार्यो: योगेश भट्टराई

काठमाडौँ – नेकपा (एमाले) का उपमहासचिव योगेश भट्टराईले सुनसरीमा घटेको

सर्वदलीय बैठक सिंहदरबारमा सुरु (तस्बिर)

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आह्वानमा सर्वदलीय बैठक सिंहदरबारमा