विश्व इतिहासमा आज : पहिलो ‘मिस अमेरिका’ घोषितदेखि तत्कालीन मेसेडोनिया स्वतन्त्रसम्म  « Khabarhub

विश्व इतिहासमा आज : पहिलो ‘मिस अमेरिका’ घोषितदेखि तत्कालीन मेसेडोनिया स्वतन्त्रसम्म 


२३ भदौ २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०७९ साल भदौ २३ गते बिहीबार। सन् २०२२ को सेप्टेम्बर ८ तारिख। आजको दिन इतिहासमा भएका केही महत्त्वपूर्ण घटनाक्रम यस्ता छन् :

सन् २०१५ सेप्टेम्बर ८ मा प्रख्यात अमेरिकी टेलिभिजन कार्यक्रम ‘द लेट शो विथ स्टिफन कोल्बेर’ कार्यक्रमको पहिलो अंक प्रसारण भएको थियो। कार्यक्रमको पहिलो अंकमा फ्लोरिडाका पूर्व गर्भनर जेब बुश र अभिनेता जर्ज क्लुनीको उपस्थिति रहेको थियो।

सन् १९९१ सेप्टेम्बर ८ मा तत्कालीन मेसेडोनियाले तत्कालीन युगोस्लाभियाबाट स्वतन्त्र भएको घोषणा गरेको थियो।

सन् १९८६ सेप्टेम्बर ८ मा ‘द ओप्रा विन्फ्रे शो’ को पहिलो अंक प्रसारण भएको थियो। सो कार्यक्रमले विन्फ्रेलाई अमेरिकामा प्रभावशाली महिलाको सुचीमा पार्न सफल भयो।

सन् १९७४ सेप्टेम्बर ८ मा अमेरिकी राष्ट्रपति जेराल्ड फोर्डले पूर्व राष्ट्रपति रिचार्ड निक्सनलाई विवादस्पद कार्यकारी गतिविधिको लागि माफ गरेका थिए। ‘वाटरगेट प्रकरण’ ले निम्ताएको राष्ट्रिय विभाजनको अन्त्य गर्न फोर्डले सो निर्णय लिएको दाबी गरेका थिए।

सन् १९६६ सेप्टेम्बर ८ मा अमेरिकी साईन्स–फिक्सन टेलिभिजन सिरिज ‘स्टार ट्रेक’ को पहिलो अंक प्रसारण भएको थियो। एनबीसीबाट प्रसारण भएको सो पहिलो अंकको नाम ‘द म्यान ट्रयाप’ थियो।

सन् १९५१ सेप्टेम्बर ८ मा अमेरिकाको सान फ्रान्सिस्कोमा जापानी प्रतिनिधिले सन्धिमा हस्ताक्षर गरेका थिए।

सन् १९२१ सेप्टेम्बर ८ मा वसिङ्टन डी.सी.का मार्गरेट गोर्मन पहिलो ‘मिस अमेरिका’ घोषित भएकी थिइन्।

प्रकाशित मिति : २३ भदौ २०७९, बिहिबार  ६ : ३४ बजे

इजरायलको निर्वाचनमा नेतान्याहुको गठबन्धन अगाडि, बहुमतबाट टाढा

एजेन्सी– इजरायलको आमनिर्वाचनमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धनले अग्रता लिए पनि संसद्मा

जातीय छुवाछुत नियन्त्रण र महिला तथा बालबालिकाको संरक्षण प्राथमिकतामा

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

३२ वर्षपछि हलमा फर्किँदै अक्षय-रवीनाको ‘मोहरा’, रणवीरको ‘रामायण’सँग भिडन्त

काठमाडाैँ – बलिउडमा कुनै समय तहल्का मच्चाएको अक्षय कुमार र

६ हजार शिक्षकको बढुवा उजुरीको पुनरावलोकन हुँदै

काठमाडौँ – शिक्षक सेवा आयोगले बढुवा योग्यताक्रम सूचीमा परेका करिब

एन्फाको ताला खोलियो, कार्यसमितिको बैठक शुक्रबार बस्ने तयारी

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले लामो समयदेखि